के के हुँदैछ डालसमा हुने नेपाली अमेरिकन कन्भेन्सनको ३ दिने सम्मेलनमा

डालस, जुन २८ । नेपाली समाज टेक्सासको सहयोगमा एफ वान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन आउन दुइ दिन बाँकी छ । यो आगामी जुन ३० देखि जुलाई २ सम्म डालस नजिकैको शहर कोपेलमा अबस्थित फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न हुँदैछ । यो तीन दिने कार्यक्रमको पहिलो दिन जुन ३० सुक्रबार उद्घाटन समारोहबाट शुरु हुनेछ । उक्त समारोहमा अमेरिकाको बिभिन्न राज्यबाट खेलकुदमा भाग लिन आएका सयौं खेलाडी सहित करिब एक हजार जनाको उपस्थिति रहने अनुमान गरिएको छ ।
एफ वान ग्रुपले २०१६ सालमा लस एञ्जलसमा पहिलो सम्मेलन सम्पन्न गरेको थियो । यो बर्ष खेलकुदमा महिला भलिबल र बास्केटबलको समेत खेल समाबेस गरिएकोले महिला सहभागिता बढ्न अनुमान छ । साना साना बालबालिकाहरु पनि फुटबल र बास्केटबल खेलहरु खेल्नेछन ।

केके हुँदैछन त कार्यक्रमहरु :
जुन ३० सुक्रबार
३ बजे दिउसो हुने उद्घाटन समारोहको समाप्ति पछि बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न हुँदैछ । उक्त सांस्कृतिक कार्यक्रममा स्थानिय र नेपालका रास्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । सांस्कृतिक कार्यक्रमको पहिलो चरण स्थानीय ब्याण्डहरु र कलाकारहरुको प्रस्तुतिले गुन्जायमान हुनेछ भने दोश्रो चरणमा नलिन चित्रकार, प्रियंका कार्की, सन्दिप छेत्री, बिबेक श्रेष्ठ, माम्फी घोष, समिर आचार्य, क्यालिफोर्नियाका प्रार्थना र भबिशाको नृत्य, लोक गीत गायक दिनेश थापा, शान्ति सुनार, र नबिन पौडेलको धमाकेदार प्रस्तुतिहरु रहनेछन । यो कार्यक्रमको संचालन सन्दिप छेत्री, माम्फी घोष र श्रद्दा श्रेष्ठले गर्नेछन । यस्ता सांस्कृतिक कार्यक्रममा भाग लिन १० बर्ष मुनिका बालबालिकाहरुको लागि निशुल्क छ भने बिद्यार्थी र कन्भेन्सनका खेलहरुमा सहभागी खेलाडीहरुलाई ५०% छुट दिइएको छ ।
यो सम्मेलनको अर्को सबल पक्ष के हो भने दिनभरको थकान मेट्न र रमाइलो गर्न सबै कार्यक्रमहरुको समाप्ति पश्चात डिजे नाइट संचालन गरिनेछ । डालस वरपर सक्रिय ८ जना डिजेहरुको धमाकेदार सांगीतिक माहोलमा रमाइलो गर्न प्रवेश शुल्क भने जम्मा $१० छ भने बिद्यार्थी र खेलाडीहरुले जम्मा $५ तिर्नु पर्नेछ ।

दोश्रो दिन शनिबार अर्थात् जुलाई १ गते पनि अर्को मेगा कन्सर्ट संचालन हुनेछ । जसमा युट्युबमा धमाका मच्चाइरहेका गायक स्वामी डी, बर्तिका राइको प्रस्तुति रहनेछ । त्यसअघि फिरोज श्यांगदेन र उनका ४ जना ब्याण्ड सदस्यहरुबाट एक घटना ३० मिनट लामो अविच्छिन्न प्रस्तुति दर्शक सामु पस्किनेछन ।

सम्मेलनको तेश्रो दिन २ जुलाई आइतबार साँझ ६:१५ देखि फेसन शो हुनेछ जसमा अमेरिकाभरबाट चुनिएका ८ जना मोडेलहरु प्रस्तुत हुनेछन । यो फेसन शो को कोरियोग्राफी प्रशिद्ध नेपाली नायिका प्रियंका कार्कीले गर्नेछिन भने उद्नी बुटिकले सबै फेसन डिजाइन गर्नेछ भने डिजाइनर खुस्बु डंगोल नेपालबाट यहि कामको लागि अमेरिकाको यात्रा गर्दैछिन ।
फेसन शो पछि समापन समारोह हुनेछ र लगत्तै सम्मेलनको अबधिभर खेलकुद वा अन्य प्रतियोगिताहरुका बिजयीहरुलाई पुरस्कार वितरण गरिनेछ । त्यसपछि सदा झैं बिहान २ बजे सम्म डालसका सुपरहिट डिजेहरुको धमाका प्रस्तुत हुँदैछ ।
त्यस्तै सम्मेलन अबधिको तीन दिन नै दिउसो ३ देखि ६ बजे सम्म नेपाली राजदुताबासका कर्मर्चारीहरुद्वारा नेपाली पासपोर्टको आबेदन लिने समेत व्यवस्था गरिएको छ । मेसिनले पढ्ने पासपोर्ट नलिएका वा पासपोर्टको अबधि सकिएका नेपाली नागरिकहरुका लागि आफ्नै दैलामा पासपोर्ट बनाउने अवसर समेत प्राप्त भएको छ । यस सेवाबाट थुप्रै नेपालीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यी र यस्ता थुप्रै कार्यक्रमको साथमा हुन लागेको यो सम्मेलनले नेपाली युवा र नेपाली समुदायलाई अमेरिकामा चिनाउन र सक्रिय भूमिका निर्बाह गर्नेछ भन्ने कुरामा आशा राख्न सकिन्छ । हामी सबैको तर्फबाट यो सम्मेलनको सफलताको लागि सबैलाई शुभकामना ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907