डालस एभरेस्ट लायन्स क्लबको पदभार हस्तान्तरण सम्पन्न: बिएन पन्तले लिए जिम्मेवारी

डालस, जुन २५ आइतबार। डालस एभरेस्ट लायन्स क्लब २००३ देखि डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय संस्था हो। यसको केहि समय अघि निर्बाचित कार्यसमितिले आज यहाँ आयोजित एक बिशेष समारोहमा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। उक्त अबसरमा नब निर्बाचित अध्यक्ष बिएन पन्तलाइ निबर्तमान अध्यक्ष राधाकृष्ण काफ्लेले पद हस्तान्तरण गर्नु भएको थियो । अर्भिंग स्थित स्थानिय रमाइलो रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा डालस वरपर रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो।
लायन्स क्लबको आफ्नै बिस्वब्यापी मान्यता छ। “म सेवा गर्छु” भन्ने यसको मुख्य नारा हो। बिस्वभर यसका १४ लाख भन्दा बढी सदस्यहरु छन्। डालस एभरेस्ट लायन्स क्लब यहि बृहद संजालको एक अंग भएको नाताले यसले गर्ने कार्यक्रमहरु अन्य ठाउंहरु भन्दा भिन्नै तरिकाले संचालन गरिन्छ। ‘पदमा साझेदारी र काममा बराबरी” यसको अर्को पाटो हो। सेवा गर्न जाने थलो भएकोले अध्यक्ष हुन जात फाल्ने काम यसमा हुन्न। सेवा गर्न पद चाहिन्न भन्ने गहिरो बुझेकाहरु नै त्यहाँ जाने भएकोले पदिय झैझगडाको त्यहाँ गन्ध आउँदैन।
आज भएको उक्त कार्यक्रम संचालको क्रममा लगभग सबैलाई भूमिका प्रदान गरियो । ६ बजे शुरु हुने भनिए पनि प्रक्रियागत समस्याका कारण अलि ढिलो शुरु हुन पुगेको पदभार हस्तान्तरण कार्यक्रममा केहि अमेरिकी मुलका लायन्सहरु थिए भने अन्य सबै नेपाली मुलका व्यक्तिहरु थिए।कार्यक्रमको शुरुवात अध्यक्ष राधाकृष्ण काफ्लेले गर्नु भएको थियो भने मकर बज्राचार्यले टेक्सासको झन्डा प्रति सद्भाव शव्द, महेन्द्र पौड्यालबाट प्रतिबद्दता, दोश्रो भिपी थलराज पन्तले आगन्तुकहरुको परिचय गराउनु भएको थियो र लगत्तै आंचल श्रेष्ठको उत्कृस्ट नृत्य प्रस्तुत गरिएको थियो।


कार्यक्रमको दोश्रो भागमा कोशाध्यक्ष मीना छेत्रीले गत बर्षको आय व्ययको इतिश्री जानकारी दिनु भएको थियो । सुरेश बस्यालले महासचिवको प्रतिबेदन, स्किप जोन्सनद्वारा नयाँ सदस्यहरुको परिचय, ओएइन मिचमद्वारा लायन्स र लियोका सदस्यहरुको स्थापना, सुलोचना ढकालको उत्कृस्ट नृत्य, द्वितीय सह गभर्नर बिनोद माथुर, नेपाली समाज टेक्सासका अध्यक्षको सम्बोधन कार्यक्रमका आकर्षणहरु थिए।
अन्त्यमा निबर्तमान हुन लागेका अध्यक्ष राधाकृष्ण काफ्लेले आफ्नो कार्यकालभरी गरेको सहयोगको लागि आभार व्यक्त गर्दै सो अबधिमा क्लबमा सक्रिय रुपमा लाग्नेहरुलाई प्रशंशा पत्र प्रदान गर्नु भएको थियो। नब निर्बाचित अध्यक्ष बिएन पन्तले पुरानो कार्यसमितिलाई जस्तै आफुलाई पनि समुदायको सहयोगको अपेक्षा गरेको जानकारी गराउंदै आफ्नो लायन्सको लामो यात्रामा सहयोग गर्ने आफ्नो परिवार, साथीभाई र समुदायका व्यक्तिहरुको भूमिकाको प्रसंसा गर्दै यसले आफुमा सेवा गर्न जाँगर अरु बढेको कुरा व्यक्त गर्नु भएको थियो। उपस्थित सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै पन्तले कार्यक्रमको समापन र डिनरको लागि अनुरोध गर्नु भएको थियो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907