अर्भिंग सिटि र नेपालीहरुबीच सम्बन्धको ढोका खुल्यो: मेयर रिक स्टब्फ़रलाइ मन्दिरमा स्वागत गरियो

डालस, जुन २४ सनिबार। नेपाली समाज टेक्सास,नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र र यति च्याम्बर्स अफ कमर्सको आयोजनामा आज अर्भिंग सहरका मेयर रिक स्टब्फ़रलाइ नेपाली मन्दिर अर्थात् नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाहलमा स्वागत तथा उनिसंग एक बिसेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। ठुलो नेपाली समुदाय रहेको डालसमा यस्तो खाले पहिलो कार्यक्रम थियो। नेपाली संघ संस्थाहरु र नेपालीहरुका बीचमा थुप्रै कार्यक्रमहरु भए पनि स्थानीय सरकार हाँक्ने अधिकारी र नेपाली संस्थाहरुको बिचमा सम्पन्न यो कार्यक्रमबाट ठोस रुपमा के प्राप्त भयो भन्न त केहि समय कुर्नु पर्ला तर यसले नेपाली समाजलाई अमेरिकी राजनीतिको राडार भित्र पक्कै प्रवेश दिलाएको छ।
नेपालीहरुका धेरै कार्यक्रममा अलि गफ दिने प्रचलन हुन्छ। कार्यक्रमको उद्देस्य र परिधि बक्ताहरुले चाल पाउन्नन। अप्रासंगिक कुरा गरेर श्रोताहरुको समय बर्बाद पारिन्छ। सायद भाषाको कारण पनि होला यो कार्यक्रममा गफको भारी कसैले बोक्नु परेन। आफुलाई दिइएको जिम्मेवारी समय र सीमाको परिधि भित्र रहेर सबैले पुरा गरे। कार्यक्रम बाल जोशीले भद्र र अनुसासित तरिकाले कार्यक्रम संचालन गरे। बक्ताहरुको छोटो सुचिमा हरिबोल भण्डारी, कृष्ण लामिछाने, बासु भण्डारी र बिनय अर्याल थिए भने नेपाली समाजको आर्थिक, सामाजिक र भौतिक बस्तुस्थिति जानकारी गराउने जिम्मा मनोज सिग्देलको काँधमा थियो।
स्वागत मन्तब्य दिंदै समाजसेवी हरिबोल भण्डारीले अर्भिंग सिटि र नेपालका सहरहरु बीच समन्वयको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। मेयर स्टब्फ़रलाइ नेपाल भ्रमणको निम्तो दिदै भ्रमणको लागि आबस्यक सम्पूर्ण कुराहरु आफुले व्यवस्था गर्ने कुरा समेत बताउनु भएको थियो। नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले मेयरको स्वागत गर्दै अर्भिंग सहरमा गौतम बुद्ध र बिपी कोइरालाको प्रतिमुर्ति राख्ने स्थल उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो। यति च्याम्बर्स अफ कमर्सका अध्यक्ष बासु भण्डारीले नेपाली ब्यबसायीहरु अर्भिंग सहरको बिकासमा सहयोगी बन्न तयार रहेको जनाउंदै आप्रबासीहरु प्रतिको अर्भिंग सहरको नीतिको प्रसंशा गर्नु भएको थियो। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टीका अध्यक्ष बिनय अर्यालले परेको बेला नेपालीहरु यहाँको समाजको लागि केहि गर्न तत्पर रहेको उल्लेख गर्दै आबस्यक पर्दा सम्झिन अनुरोध गर्नु भएको थियो।


कार्यक्रममा बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष मनोज सिग्देलले एक सान्दर्भिक सामग्री प्रस्तुत गर्नु भएको थियो। अमेरिकामा आएका नेपालीहरुको संख्या, उनीहरुको वर्ग बिभाजन सहित गरिएको उक्त प्रस्तुतिमा डालस वरपर रहेका बिभिन्न संस्थाहरु, उनीहरुले गरिरहेको काम, गर्न चाहेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए। नेपाली समाजले अमेरिकी समाजमा गर्न सक्ने योगदान र गरेको अपेक्षा समेत स्पस्ट रुपमा राखिएको उक्त सामग्रीबाट मेयर प्रभावित बनेका थिए। सो क्रममा डालसमा सक्रिय रहेका मध्यका नेपाली समाज टेक्सास, यति च्याम्बर्स अफ कमर्स, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, रक्तदाता संघ अमेरिका, एचडिएनपी, अनकन, डालस एभरेस्ट लायन्स क्लबले गरेका कामहरुको छोटो विवरण पेश गरिएको थियो। समाजसेवामा अग्रणी भूमिका खेल्ने यी संस्थाहरुको तर्फबाट कृष्ण लामिछाने, बासु भण्डारी, रमेश पोख्रेल, नन्द रेग्मी, देवी आचार्य, प्रकास गौतम र राधाकृष्ण काफ्लेलाइ मौखिक र तालीले सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अर्भिंग सहरका मेयर रिक स्टब्फ़रले नेपाली समुदायको यो स्वागतबाट अत्यन्त प्रभावित बनेको स्पस्ट गर्दै नेपाली समुदाय संग मिलेर काम गर्न इच्छुक रहेको जनाउनु भएको थियो। अर्भिंग सहरमा नेपालीहरुको उपस्थिति गौरव गर्न लायक रहेको बताउंदै नेपाली समुदायलाई आबस्यक परेको अबस्थामा साधन श्रोत उपलब्ध गराउने आस्वासन दिनुभएको थियो। यो गर्छु र त्यो गर्छु भन्नु भन्दा पनि यसले नेपालीहरुको स्थिति र सक्तिबारे आफुलाई अब जानकारी प्राप्त भएको र यसैको आधारमा आबस्यक परेको बेला वा जुनसुकै बेला पनि बसेर के गर्न सकिन्छ भन्ने बारेमा थप छलफल गर्न सकिने बाताबरण बनेको उहाँले स्पस्ट पार्नु भयो।
उक्त अबसरमा मेयर रिक स्टब्फ़रलाइ सम्पूर्ण नेपालीहरुको तर्फबाट गोर्खालीहरुको चिनो खुकुरी तथा नेपालीहरुको पहिचान ढाका टोपी उपहार स्वरुप प्रदान गरिएको थियो। त्यस्तै नेपाली समाज टेक्सासको सदस्यता समेत प्रदान गरिएको थियो। यो कार्यक्रम संगसंगै नेपालीहरुको सम्बन्ध र पहुँचको बिस्तार अमेरिकी समाज र अमेरिकी प्रसासनमा समेत हुन सक्ने बाताबरण निर्माण भएको छ । यस कामको लागि यति च्याबर्स अफ कमर्स, नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रलाइ धन्यवाद दिनु पर्छ। यस्ता कार्यक्रमहरुले अमेरिकाको मुलधारमा नेपालीहरुको उपस्थिति बढाउन फलदायी र कोशेढुंगा हुन सक्छ भन्नेमा कुनै शंका छैन।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907