हरि अधिकारी घटना र रोजगारदाताहरु माथिको प्रश्न

केहि दिन अघि अमेरिकाको नेपाली समाज एउटा बिभत्स घटना सुन्न बाध्य भयो । कल्पना गर्न नसकिने यो घटनाले सम्पूर्ण नेपालीलाई चोट पुर्यायो । उनलाई अन्तिम श्रद्दान्जली दिन उर्लेको भिडले नेपाली समुदायको उनी प्रतिको सहानुभूति स्पस्ट गर्छ । संगसंगै यो घटनाको गाम्भीर्यतालाइ पनि अगाडी ल्याएको छ । अमेरिका जस्तो अबसरको भूमिमा किन यस्ता घटना हुँदैछन् भनेर सोंच्न र सोहि अनुसार कदम चाल्न ढिला गर्नु हुन्न ।
भुटानबाट नेपालमा शरणार्थी जीवन बिताइरहेका हरि अधिकारी नेपालमा एक शिक्षकको रुपमा कार्यरत थिए । संयुक्त राष्ट्र संघको पुनर्बास योजना अन्तर्गत उनी अमेरिका आए । अमेरिकामा दुखजिलो गरेर घर किने । उनको सामान्य जीवन यापन चलिरहेको अबस्थामा अचानक यस्तो घटना घट्यो । उनको परिवार र बिक्षिप्त छंदैछ । यसले एउटा गम्भीर प्रश्न हामी सामु छ, हाम्रो तर्फबाट के गर्न सकिन्छ र कसरी आगामी दिनमा यस्ता घटना नदोहोरिने बाताबरण तयार गर्न सकिन्छ । बिशेष गरी रोजगारदाताको रुपमा हाम्रो भूमिका कति हुन सक्छ र त्यो कर्तब्यमा जानेर वा नजानेर कमजोरी हुँदा कस्तो घटना घट्न सक्छ भनेर एक चोटी सोंच्न र सोहि अनुरुप कदम चाल्न आबस्यक छ ।

1

Late Mr Hari Adhikari

यो एक दुखद घटना हो । यसमा राजनीति वा अन्य कुनै कुरा घुसाएर समस्या बल्झाउन आबस्यक छैन । यसमा कसैले पनि आफ्नो व्यक्तिगत लाभ वा हानिको लागि ठाउँ निर्माण गर्नु हुन्न भन्ने मेरो धारणा छ । जानीजानी वा नियतबस कसै बाट लापरबाहीको कारण यो घटना घटेको भए कानुन आकर्षित हुने र त्यसले आफ्नै बाटो लिने हुनाले हामीलाई त्यसमा धेरै घोत्लिनु र समय खर्च गर्नु आबस्यक छैन । प्रहरी र प्रशाशन अनुसन्धानमा रहेकोले हामीले कसैलाई दोषी वा निर्दोष भनेर पक्कै पनि किटान गर्नु गैरकानुनी र अवान्छित हुन्छ । तर सामाजिक रुपमा हामीले के भयो र यसबाट के सिक्न सकिन्छ भनेर भने पर्याप्त बहस गर्नु पर्छ । यसमा सम्बन्धित पक्षहरु उदार बनेर समुदायको हितमा काम गर्न अघि सर्नु पर्छ ।
हरि अधिकारीले यो अक्षम्य निर्णय गर्नु अघि लेखेको नोट हेर्दा काम गर्ने कम्पनीलाइ सिधै मृत्युको कारण भएको बताएका छन् । नेपालीमा लेखिएको नोटमा उनले स्पस्ट रुपमा काम गर्ने ठाउंमा लुटिएको, त्यसबाट मानसिक रुपमा बिक्षिप्त बनेको, रोजगारदाताले बेवास्ता गरेको, पैसा र मोबाइल चोरिएको तर कामबाट पैसा नपाएको, घरमा कुनै समस्या नभएको जस्ता कुरा उल्लेख गरेर रोजगारदातामाथि गम्भीर प्रश्न उठाइदिएका छन् । यस्तो अबस्थामा सम्बन्धित रोजगारदाता र अन्य नेपाली रोजगारदाताहरू सतर्क र आर्थिक कुरामा मात्र होइन मानबिय समबेदनालाइ पनि ख्याल गर्नु पर्ने अबस्थाको सिर्जना भएको छ ।अंग्रेजीमा लेखिएको नोटमा उनले बैंकमा डिपोजिट गर्न लगेको पांच हजार डलर लुटिएको र त्यो पैसाको १५ सय डलर ब्याज जोडेर महिनाको ६ सय पचास डलर दस महिनासम्म तिर्नु पर्ने भएको र यो घटना बाट आफु बाहिर निस्किन नसकेको उल्लेख गरेका छन् । लुटेराले ज्यान मार्ने धम्कि दिएको तर रोजगारदाताले यसमा बेवास्ता गरेको समेत उनले उल्लेख गरेका छन् ।

यसबारेमा रोजगारदातासंग सम्पर्क गर्दा त्यसलाई ठाडै अस्विकार गरिएको छ । लुटेको पैसा तिर्न लगाएको कुरा हुँदै नभएको भन्ने उहाँले स्पस्ट पार्नु भएको छ । बरु अर्को ब्यबसाय गर्ने भनेर पैसा लगेको उल्लेख गर्दै सम्बन्धित व्यक्तिले आफुले भोगेको समयको बारेमा आफुसंग कहिल्यै कुरा नगरेको जानकारी गराउनु भएको छ । नहुनु थियो भयो अब के गर्न सकिन्छ भन्नेमा परिवारसंग सम्पर्कमा रहेर काम गरिरहेको बताउनु भएको छ ।
जे होस् नराम्रो घटना घटेको छ । यो घटनाले अमेरिकामा बसेर ब्यबसाय गरेर बस्ने नेपालीहरुलाई केहि सिक्ने मौका पनि मिलेको छ । बिशेष गरी अमेरिकामा काम ठुलो कुरा हो र त्यसले मान्छेको जीवनमा ठुलो भूमिका निर्वाह गर्छ भन्नेमा रोजगारदाताहरु सचेत हुन जरुरी छ । मृतकले जे उल्लेख गरे पनि यहि कारणले उनले मर्नु पर्ने अवस्था भने पक्कै होइन । अमेरिकामा ग्याँस स्टेसनमा लुटपाटको घटना अति सामान्य हुन् । त्यहि घटनामा परेर धेरै नेपालीहरुले ज्यान गुमाइसकेका छन । यस्तो अबस्थामा लुटपाट पछि त्यसको घाउ मेट्न उनले अरु धेरै उपाय अबलम्बन गर्न सक्थे । रोजगारदाताबाट त्यस्तो काम भएको भए समाजमा कुरा राख्न सक्थे, कानुनी उपचारमा जान सक्थे वा काम नै छोड्न सक्थे तर उनले त्यसो नगरी यो हदसम्म पुग्नु कुनै हालतमा पनि सहि मान्न सकिन्न ।

अमेरिकामा भर्खर नेपालीहरुले ब्यबसाय शुरु गरेर केहि स्थान निर्माण गर्दैछन् । अधिकांश नेपाली ब्यबसायीहरुले नेपालीलाइ नै काम गर्ने मानिसको रोजाइमा राखेका छन् । तर यदाकदा नेपालीहरु नेपाली रोजगारदाताहरुबाट नै शोषणमा परेको गुनासो सुनिन्छ । बिशेष गरी तालिमको नाममा हप्तौं सित्तैमा कजाउने, छोड्ने बेलामा पैसा नदिने, पसलमा भुलबस हुने गल्तीमा पनि पैसा तिर्न लगाउने र अन्य आइपर्ने समस्याहरुमा पनि संबेदनशील नहुने समस्या देखिन्छ । त्यसमाथि बिद्यार्थीहरु झन् शोषणमा परेको सुनिन्छ । कानुनी रुपमा काम गर्न नपाउने हुनाले उनीहरु बाहिर बोल्न नसकने हुँदा न्युनतम ज्यालामा काम गराउने चलन देखिन्छ । बढ्दै गएको नेपाली समाज, बढ्दै गएका नेपाली ब्यबसायहरु र बढ्दै गएका घटनाहरुबाट नेपाली ब्यबसायीहरुले पनि आफुलाई परिबर्तन गर्न जरुरी छ । ज्यान जोखिममा राखेर आफ्नो लागि काम गर्ने व्यक्तिहरुलाई आर्थिक रुपमा र मानसिक रुपमा पर्ने समस्या नजरअन्दाज गर्दै आफ्नो खल्ती भर्न मात्र भर्न खोज्यो भने पैसाको बिटोमाथि त सुत्न सकिएला तर समाजमा छाती खोलेर हिड्न भने अप्ठेरो हुन सक्छ । यो घटना सम्बन्धित रोजगारदाता र अन्य सबैलाई आँखा खोल्ने अवसर बनोस र आगामी दिनमा यस्तो आरोप खेप्नु नपरोस भनेर आजै देखि केहि गर्न भने ढिला गर्न हुन्न ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907