नेपाल जर्नीले सेप्टेम्बर २३ मा फन्ड रेजिंग गाला डिनर गर्ने
डालस, जुन १३ । नेपाल जर्नीले आगामी सेप्टेम्बर २३ गते शनिबार “नेपाल जर्नी फन्ड रेजिंग गाला डिनर” गर्ने भएको छ । नेपाल जर्नीले संचालन गर्न लागेका परियोजनाहरु सम्पन्न गर्न आबस्यक रकम संकलन गर्ने उद्देस्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । गतसाल हेटौडामा अत्याधुनिक पुस्तकालय निर्माण गर्न पनि नेपाल जर्नीले यस्तै कार्यक्रम आयोजना गरेको थियो ।
“अघिल्लो बर्ष संकलित रकम, अन्य श्रोतहरुबाट उठेको र हामी सबैको योगदानबाट लाइब्रेरी निर्माण अन्तिम चरणमा छ । हामीले “यसपटक सुद्ध पानी अभियान”, “साक्षरताको यात्रा” र “अपाङ्गहरुको लागि पुस्तकालय” जस्ता परियोजना संचालन गर्नको लागि कोष संकलनको लागि यो कार्यक्रम गर्न लागेका हौँ’, नेपाल जर्नीकी संस्थापक अध्यक्ष मौसमी श्रेष्ठले स्पस्ट पार्दै भन्छिन ।
अर्भिंग स्थित हिल्टन गार्डेन इन होटेलमा दिउसो ५ देखि अबेर राती २ बजे सम्म अविच्छिन्न चल्ने उक्त कार्यक्रम बिभिन्न भागमा विभक्त गरिएको छ । अतिथिको सम्बोधन, सांस्कृतिक कार्यक्रम, बेली नाच, फिलिपिनो नाच र अन्त्यमा डिजे सुशान्तद्वारा डिजे प्रस्तुत हुनेछ । यो कार्यक्रमको अर्को नयाँ पक्ष भनेको ब्यबसायिक दक्षता भएका व्यक्ति र लगानीकर्ताहरुको उपस्थिति रहनेछ जसमा सहभागी कसै संग राम्रो योजना छ तर आर्थिक अभावमा उक्त योजना लागु गर्न नसकेको अवस्था छ भने सम्बन्धित व्यक्तिलाई आफ्नो योजना प्रस्तुत गर्न समय र अवसर उपलब्ध गराइनेछ । जसले गर्दा उपस्थित ब्यबसायी तथा लगानीकर्ताहरु आकर्षित भै उक्त योजना कार्यरुपमा परिणत हुनसक्छ । त्यस्तै राफल चिट्ठा र कुनै बस्तुको बढिबढाउद्वारा खरिद गर्न सकिनेछ ।
For Tickets https://www.paypal.com/webapps/shoppingcart?mid=4697161249193221165927531497390140&flowlogging_id=a333f1ed38812#/checkout/shoppingCart