एचडिएनपीले घरबार बिहिनहरुलाई खाना खुवायो
डालस, जुन १० शनिबार । एचडीएनपी इन्टरनेसनल ले आज घरबार बिहिन अमेरिकीहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । डालस नजिकैको शहर फोर्ट वर्थ बजार देखि करिव ३ किलोमिटरको दुरीमा रहेको “युनिटी पार्क” मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अबसरमा करिब ५०० जना घरबार बिहिन, अशक्तहरुले खाना खाएका थिए ।
एचडिएनपी इन्टरनेसनल लामो समय देखि अमेरिकाको फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले घरबार बिहिन व्यक्तिहरुलाई २०१२ देखि प्रत्यक ३/३ महिनामा खाना खुवाउने काम गर्छ । त्यस्तै हरेक ३/३ महिनामा रक्तदान कार्यक्रम कार्यक्रमको आयोजना गर्ने गरेको छ एचडिएनपीले । त्यस्तै हरेक महिना पुराना लत्ता कपडा जम्मा पारेर घरबारबिहिनहरुलाइ दिने गरिन्छ । यसरी एचडिएनपी इन्टरनेसनल र यसका अध्यक्ष देवी आचार्य र उहाँको टीमले समाजमा एउटा अतुलनिय काम गरेको छ ।
समाज सेवा गर्न अन्त जानै पर्दैन, आफ्नै घर वरिपरि हेरे पुग्छ भन्ने यो एक उदाहरण हो । अमेरिका भनेर मात्र हुन्दैन, यहाँ पनि भोक छ, गरिबी छ र अभाव छ । हामीलाई कर्म गर्ने अवसर दिने अमेरिका र यो समाजलाई पनि हामीले केहि दिनु पर्छ, देवी आचार्य सगर्व भन्नु हुन्छ । हामीले हामी जन्मेको देश नेपाललाई पनि गर्नु पर्छ तर अमेरिकाले हामीलाई लगाएको गुन पनि हामीले बिर्सिनु हुन्न ।