एनआरएन टेक्सास च्याप्टर अध्यक्षमा भानु खरेलद्वारा उम्मेद्वारी घोषणा
June 8, 2017 | 12:43 am    
जुन ७, डालस, टेक्सास। एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा भानु खरेलले टेक्सास च्याप्टर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आज एक बिज्ञप्ति प्रकाशित गर्दै खरेलले उक्त घोषणा गरेका हुन्। एनआरएन अमेरिकाको चुनावको तिथिमिति प्रकाशित गरिएको छैन। तर वर्तमान कार्यसमिति यहि जुन देखि नै कामचलाउ भैसकेको छ। सदस्यता वितरण र प्रमाणीकरणको काम बिबादित हुँदै सम्पन्न पनि भैसकेको छ। यस बिचमा बिभिन्न राज्यबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत अन्य पदहरुमा बिभिन्न व्यक्तिहरुले आफ्नो आफ्नो उम्मेद्वारी दिइसकेका छन्।
एनआरएनका धेरै सदस्यहरु भएको राज्य मध्ये टेक्सास पनि एक हो। करिब १५ हजार सदस्य भएको एनआरएन अमेरिकामा ३५०० भन्दा बढी टेक्सास बाट सदस्य छन्। यस्तो अबस्थामा टेक्सास च्याप्टरको ठुलो भूमिका छ । बढ्दै गएको नेपाली समाज र डालस प्रतिको आकर्षणका कारण हरेक गतिविधिमा टेक्सासलाइ हेर्ने गरिन्छ। यहि भूमिकालाइ मध्यनजर गर्दै र आफुलाई यो ठाउं काम गर्न सक्ने र आफ्नो भिजनलाइ कार्यान्वयन गर्न सजिलो भएकोले आफुले च्याप्टर अध्यक्षमा उम्मेद्वारी दिएको खरेलले जनाएका छन् ।
खरेलको बिज्ञप्ति जस्ताको तस्तै:
एन आर एन अमेरिकाको चुनाव र सदस्यता वितरण कार्यक्रम को घोषणा संगसंगै मैले पनी यो संस्थामा बसेर नेपाल र नेपाली को हितमा कसरी काम गर्ने, कुन ठाउँ र पदमा काम गर्दा अधिकतम रुपमा आफुलाई समाजको भलाइको लागि प्रयोग गर्न सकिन्छ भन्ने बारेमा टेक्सास लगायत अन्य राज्यका साथीहरु, समाजका अगुवाहरु, समाजसेवीहरु, ब्यबसायिक व्यक्तित्वहरु र शुभचिन्तकहरुसंग सल्लाह गरेको थिएँ। ती मध्ये अधिकतम साथीहरुले मेरो परिस्थिति हेर्दा टेक्सास च्याप्टरमा रहेर काम गर्नु नै उपयुक्त हुने सल्लाह दिनु भयो । मैले सबै कुरालाई बिचार गरी एनआरएन टेक्सास च्याप्टर सभापतिको रूप मा काम गर्दा यहाका सबै संघ संस्था र समाजका नेतृत्वहरुसंग मिलेर राम्रा कार्यक्रमहरु गर्न सकिन्छ र स्थानीय तहबाटै एनआरएन अमेरिका लाई सहयोग पुर्याउन सकिन्छ भन्ने सोचेर , आज जुन ७, २०१७ मा एनआरएन यूएसएस कोटेक्सास च्याप्टर सभापतिमा मेरो उमेदवारी को घोषणा गरेको छु।
यहाहरूँले अवस्य पनी सहयोग गर्नु हुने छ भन्ने आशा राखेक़ो छु।
भानु खरेल
Euless , Texas