आयोगको निर्णयको भरतपुर महानगरका दलहरुको मिश्रित प्रतिक्रिया

चितवन, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै यहाँका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेस र (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा (एमाले)ले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए । गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आए सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने जनाएको छ । आयोगको निर्णयसँगै नेपाली काँग्रेस, (माओवादी केन्द्र) र राप्रपाले आयोगको निर्णयअनुरुप अघि बढ्ने बताएका छन् भने नेकपा (एमाले)ले आयोगको निर्णयको विरोध गर्दै कानुनी प्रक्रियामा जाने जनाएको छ ।

Bharatpur-Vote-counting

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विधि र विधानसम्मत आयोगले गरेको निर्णयको कार्यान्वयनमा जाने बताउनुभयो । काँग्रेसका सबै उम्मेदवारको जीत सुनिश्चित भइसकेको अवस्थामा मतपत्र च्यातिएका कारण पुनः मतदानमा जानुपर्ने बाध्यता आए पनि आयोगको निर्णयलाई स्वीकार गरी आजैबाट प्रचार अभियानमा जुटेको बताउनुभयो । उता नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले भने आयोगको निर्णय एकतर्फी भएको बताउनुभयो । उहाँले कानुनी प्रक्रियामा जाने र शान्तिपूर्ण आन्दोलन गरेर आयोगको निर्णयको विरोध गर्ने बताउनुभयो । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले आयोगले जे निर्णय गरेपनि मान्ने यसअघि नै बताएको भन्दै यो निर्णयअनुरुप पुनः हुने निर्वाचनमा जुट्ने बताउनुभयो ।

माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्तरुपमा प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ऐन नियम र कानुन सबैले मान्नुपर्ने भन्दै मिति घोषणासँगै प्रचारमा जुट्ने बताउनुभयो । भरतपुर महानगरका २९ वडामध्ये वडा नम्बर १९ को मत गणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर २० को मात्र मतगणना गर्न बाँकी रहेको छ । दुई वडाको मत गणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि हुनुहन्थ्यो ।

यसैबीच एमालेसहित चार राजनीतिक दलले आज साँझ संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरेका छन् । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल, नेकपा (माले)का जिल्ला सदस्य सन्तोष श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्री र नयाँ शक्ति चितवनका सहसंयोजक पदमबहादुर गुरुङले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा हार्नेहरुले मतपत्र च्यातेर पुनः मतदान गराउन पाउने सिद्धान्तलाई स्थापित गरिए निर्वाचन प्रणालीप्रति नै अनास्था जागृत हुने उल्लेख छ । रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907