एएनएको जुलाई सम्मेलन एक दिन: संयुक्त सम्मेलन सेप्टेम्बरमा हुने
जुन ३, अमेरिका। नेपालीहरुको सबभन्दा पुरानो संस्था एएनएले यहि जुलाईको पहिलो हप्ता गर्ने भनेको बार्षिक सम्मेलनको नयाँ तालिका सार्बजनिक गरेको छ। बिगत ३३ बर्ष देखि गर्दै आएको उक्त सम्मेलन यसपटक भने छोट्याएर एक दिन बनाइएको छ भने त्यसलाई अरु बृहद र अन्य संस्थाहरुसंग मिलेर गर्नको लागि अर्को मिति सेप्टेम्बर १ देखि ३ सम्म तोकिएको छ।
संस्थाका अध्यक्ष मेदिनी अधिकारीद्वारा जारी प्रेस बक्तब्यका अनुसार अमेरिकामा धेरै संस्थाहरुको जन्म भए संगै चुनौती पनि थपिएको अबस्थामा एउटै उद्देस्य र कामकोको लागि स्थापित संस्थाहरु फरक फरक भएर जानु भन्दा एकीकृत रुपमा जानु राम्रो हुने भएकोले अन्य संस्थाहरुसंग मिलेर कार्यक्रम गर्न अलिकति समय पछाडी सारिएको छ। नेपालीज एसोसिएसन इन साउथइस्ट एसिया (NASeA) र एसोसिएसन अफ नेपालीज इन मिड वेस्ट अमेरिका (ANMA ) संग मिलेर यसपटक सम्मेलन आयोजना गर्न लागिएको हो। बिज्ञप्तिमा एउटै खालको कार्यक्रम फरक फरक ठाउँमा गर्दा श्रोत र साधनको अभाव समेत हुने र उद्देस्य प्राप्तिमा समेत असर पर्ने भएकोले एउटै उद्देश्यका लागि स्थापित संस्थाहरु मिलेर गर्दा साधन र श्रोतको केन्द्रीकरण लक्षित काम गर्न सजिलो हुने भएकोले यसो गर्न लागिएको जनाइएको छ। त्यस्तै अब देखि हरेक बर्ष यी तिनै संस्था मिलेर वा अन्य संस्थाहरुसंग पनि समन्वय गरेर सम्मेलन आयोजना गरिने छ।
बिज्ञप्ति जस्ताको तस्तै :