कामपाको नवनिर्वाचित जनप्रतिनिधिले गरे शपथग्रहण

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गर्नुभएको हो । प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्ष र सदस्यहरुलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा शपथ लिनुभएको छ ।

sfdkfsf hgk|ltlglwn] ;kyu|x0f sf7df8f}F dxfgu/kflnsfn] a'waf/ cfof]hgf u/]sf] k|df0fkq ljt/0f Pjd ;ky u|x0f ;df/f]xdf k|d'v ljBf;'Gb/ zfSoåf/f kb tyf uf]klgotfsf] ;kyu|x0f ub}{ #@ j6} j8fsf cWoIf / ;b:ox? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

sfdkfsf hgk|ltlglwn] ;kyu|x0f
sf7df8f}F dxfgu/kflnsfn] a’waf/ cfof]hgf u/]sf] k|df0fkq ljt/0f Pjd ;ky u|x0f ;df/f]xdf k|d’v ljBf;’Gb/ zfSoåf/f kb tyf uf]klgotfsf] ;kyu|x0f ub}{ #@ j6} j8fsf cWoIf / ;b:ox? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

कार्यक्रममा प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताउनुभएको छ । उहाँले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै कामपामा रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै नगरवासीसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिनुभयो ।
कामपाको मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीको सुन्दर सपना पूरा गर्नका लागि नगरवासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित प्रमुख उपप्रमुखले आजै पदभार ग्रहण गर्नुहुने छ र त्यसपछि नगरसभाको पहिलो बैठक बस्नेछ । रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907