लस एन्जलसमा नेपाली दूतावास, पैतिस जना सेवाबाट लाभान्वित
उपेन्द्र सापकोटा
अमेरिका, २८ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा आज दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ ।
दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत वारेसनामाको सुविधा भने दूतावासबाट मात्र प्रदान गरिने सचिव सुवेदीले जानकारी दिनु भयो । श्री पशुपतिनाथ फाउण्डेशन यु एस ए को भवनमा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको संयोजन तथा च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डेको संयोजकत्वमा उक्त कार्यक्रममा महाबाणिज्यदूत ऋषि ढकाल, पर्यटन दुत रामेश्वर भण्डारीले उपस्थित भई सहयोग पुर्याउनु भएको थियो भने इन्दिरा त्रिपाठी, कर्ण चन्द र चक्रपाणी मिश्रले समेत सहयोग पुर्याउनु भएको थियो ।
मे ३०, २०१७ मङ्गलवार सान फ्रान्सिक्सकोमा Taste of the Himalayas (1700 Shattuck Ave, Berkeley, CA 94709 ) मा बिहान १० बजे देखि साँझ ७ बजे सम्म यो कार्यक्रम हुन लागि रहेको छ । सान फ्रान्सिक्सकोमा हुने कार्यक्रमको बारेमा थप जानकारी एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण चन्द्र बानियाँसंग लिन सकिने छ । स्मरण रहोस, केहि दिन अघि मात्र नेपाल सरकारले क्यालिफोर्नियामा नेपाल सरकारको कन्सुलर सहितको दुताबास स्थापना गर्ने निर्णय गरेको थियो ।