युएनएको तयारी र यसको कार्यक्रमहरु बारे अन्तिम जानकारी
युनाइटेड नेपालीज एसोसिएसनको मे २७-२८ डालसमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। खेलाडी, कलाकार, सहभागी एबम अतिथिहरु कतिपय आइसक्नु भएको छ भने कतिपय आउने क्रम जारी छ। यो दुइ दिन घनिभूत रुपमा कार्यक्रमहरु संचालन हुँदैछन। थुप्रै खेलकुद, फेसन शो , ट्यालेन्ट शो, फेसन सेमिनार, सामाजिक संस्थाहरुको अन्तरक्रियात्मक कार्यक्रम, स्पेलिंग बी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम संचालन हुँदैछन्। कोपेल स्थित फोर पोइन्ट्स बाइ शेराटन नेपालीहरुको भिडभाडले भरिएको छ। डालसबासीमा एक किसिमको उत्साहको संचार भएको छ।
शनिबार र आइतबार हुने बिभिन्न कार्यक्रमहरु र त्यसमा आफ्नो भूमिका बारे जानकारी गराउन आज यहाँ होटेलमा एक फेसबुक लाइभ संचालन गरियो। आम नेपाली समुदायलाइ युएनएको भावी उद्देस्य र योजना एबम यो कार्यक्रमको महत्व बारे जानकारी गराउन उक्त प्रस्तुति आयोजना गरिएको थियो। सो अबसरमा युएनएका अध्यक्ष पासांग लामा, युवा संयोजक आइषा ओझा, सांस्कृतिक कार्यक्रम संयोजक रायन कार्कीको साथमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, नायिका नन्दिता केसी, मोडेल तथा मिस नेपाल नगमा श्रेष्ठ र सोनी राजभण्डारी, पोशाक डिजाइनर सुबेच्छा भडेलले आफ्नो आफ्नो विचार व्यक्त गर्दै यो लामो सप्ताहान्तको कार्यक्रमहरुमा भाग लिन आव्हान गर्नु भएको थियो।