‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, १२ जेठ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ । गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गुठीका संरक्षिका अनामिका सिंह र सदस्य सचिव ठाकुरप्रसाद पराजुलीले ताम्रपत्रका साथ रु ५० हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कार आख्यानमुक्त कृति निबन्ध, अन्तर्वार्ता, संस्मरण, नियात्रा आदिलाई प्रदान गरिन्छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेले छ दर्जन भूकम्पका भग्नावशेषमा पुगी त्यहाँका भूकम्पपीडितकहाँ पुगी स्वास्थोपचार, मनोपरामर्श र राहत प्रदान गर्नुभएको थियो । कृतिमा लेखकको अनुभव, भोगाइ, व्यवहार र दृष्टिकोणको संश्लेषण पाइन्छ । डा पाण्डे साहित्यमा रवीन्द्र समिरका रुपमा चिनिनुहुन्छ ।
कार्यक्रममा गुठीका सदस्य सचिव प्रा ठाकुरप्रसाद पराजुलीले अन्तर्राष्ट्रिय साहित्यको पनि अध्ययन गरी नेपाली साहित्यलाई नयाँ दिशा दिन उत्तम कुँवर र उनकी धर्मपत्नी शान्ताले ‘रुपरेखा’ साहित्यिक पत्रिका प्रकाशन र सम्पादन गरेको बताउँदै कुँवर स्वयंले अन्तर्वार्ता, लेख, संस्मरणमार्फत नेपाली साहित्यमा योगदान दिएको बताउनुभयो । समालोचक प्रा महादेव अवस्थीले समाज, राष्ट्र, विश्व र ज्ञानविज्ञानबाट शिक्षा प्राप्त गरी लेखकले पेसागत कर्तव्य र निष्काम मानवतावादी चेतनाबाट जागृत भई कृतिमा तत्कालीन समयको कोलाहल, ध्वंस र विपत्तिलाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । आफूले लेखेका ११ कृतिमा सबैभन्दा सन्तुष्टि र असन्तुष्टि पछिल्लो कृतिले नै दिएको लेखक समिरले बताउनुभयो । चार महिना लेखन र चार महिना पुनःलेखनमा खर्चेर लेखिएको सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । उहाँका आठ लघुकथासङ्ग्रह, एक मुक्तक सङ्ग्रह, एक नियात्रा पहिले नै प्रकाशन भइसकेको छ । उहाँले आफूले प्राप्त गरेको पुरस्कार राशिमा रु ५० हजार थपी भूकम्पपीडितका बालबालिका शिक्षा र स्वास्थका लागि प्रदान गरिने घोषणा पनि गर्नुभयो ।
‘रुपरेखा’ साहित्यिक पत्रिकाका सम्पादक उत्तम कुँवरको सम्झनामा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आएको छ । कुँवरका ‘स्रष्टा र साहित्य’(मदन पुरस्कार) ‘अनुभव र अनुभूति’ कृतिलगायत लेखरचना र निबन्ध पनि प्रकाशित छन् । विसं २०१०तिरदेखि प्रकाशित ‘रुपरेखा’ कुँवरको ४३ वर्षका उमेरमा निधनपछि पत्नी शान्ति(हाल दिवङ्गत)को प्रकाशन तथा नयनराज पाण्डेको सम्पादनमा विसं २०४५ सम्म प्रकाशन भएको थियो । रासस

1

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907