यो सम्मेलन नेपाली युबाहरुको उन्नति पथको कोशेढुंगा हो:पासांग लामा

यहि मे २६ देखि २८ सम्म डालसमा हुन गैरहेको युएनएको दोश्रो सम्मेलनको तयारी बारे संस्थाका अध्यक्ष पासांग लामा संग गरिएको संक्षिप्त कुराकानी:

1

-युएनएको दोश्रो सम्मेलन आउनै लागिसक्यो, केकस्तो तयारी भएको छ ?
युएनएको सम्मेलनको दिन आउन करिव एक हप्ता र केहि दिन बाँकी छ । संयोजकको माध्ययमबाट हरेक क्षेत्रमा काम भैरहेको छ । खेलकुद, फोरमहरु, सांस्कृतिक कार्यक्रम संचालन गर्न आबस्यक तयारी सकिएको छ । सबैले आफ्नो बलबुताले भ्याए सम्म काम गरिरहनु भएको छ । प्रायोजक खोज्ने कामहरु पनि भैरहेका छन् । समग्रमा तयारी राम्रो संग भैरहेको छ ।
-नेपाली युवाहरुमा लक्षित गर्न युएनएको स्थापना गरिएको भनिन्छ तर सारमा त उनी पुराना अनुहारहरु पनि देखिन्छ त ?
कोहि पनि पुरानो छैन । सपोर्ट पुरानोले गर्ने र नयाँले नेतृत्व गर्ने हाम्रो अभिप्राय हो । उमेरले पुराना भन्न सकिने मानिसहरु पनि बिचारमा युवा हुनुहुन्छ । हाम्रो टीममा संकीर्ण बिचारको कोहि पनि छैन । त्यसमाथि खेलकुदको संयोजक, ट्यालेन्ट शोको संयोजक, कल्चरल नाइटको संयोजकहरु नयाँ र जोशिला युबाहरु हुनुन्छ । टीमलाइ सहि मार्गदर्शन गर्नको लागि केहि अनुभवी साथीहरु पनि समाबिस्ट हुनुहुन्छ । उमेरले तलमाथि भए पनि सबै जना काम गराईमा युवा हुनुन्छ ।
-समुदायको सहयोग र चासो कत्तिको पाउनु भएको छ ?
-सबैको सहयोग छ । युएनए लाइ कता कता अरु संस्थाहरुको समानान्तर संस्थाको रुपमा हेर्नु हुदैन। हामी न त कसैको जुम्ल्याहा संस्था हौँ न त प्रतिद्वन्दी । केहीलाई छोडेर अधिकांश नेपाली संस्थाहरुको काम नेपालीहरुलाई लाभ पुर्याउनु नै हो । त्यसैले सबैले सबैलाई सहयोग गरेर जानु नै उत्तम हो र हामीलाई पनि सबैको सहयोग प्राप्त छ ।
-सम्मेलन सफल हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
पुरै ढुक्क छु । यसलाई मैले नितान्त व्यक्तिगत कार्यक्रमको रुपमा लिएको भए मलाई अलि अप्ठेरो पनि हुन सक्थ्यो । यो हाम्रो समग्र टीमको र नेपाली समुदायकै कार्यक्रम हो । त्यसैले सफल हुन्छ । सोंचे जस्तो भएन भने पनि बर्बादै भयो भन्ने कुरा होइन । युएनए नेपाली समुदायको संस्था भएको र यो सम्मेलन पनि नेपाली समुदायको हितमा गर्न लागिएकोले यसबाट आउने परिणामले हामीलाई हतोत्साहित होइन, उत्साहित नै बनाउनेछ । हामी सबैमा यति धेरै सकारात्मक उर्जा छ कि आउने कुनै नकारात्मक परिणामले हामीलाई कुनै किसिमले असर गर्दैन ।
-नेपाली जनसमुदायलाई तपाईंको केहि संदेश छ कि ?
हामीले यो सम्मेलन नेपाली युबाहरुको हितको लागि गर्न लागेको हो, कसैलाई नेता बनाउन होइन । म आफै पनि यो भन्दा पहिले अन्य धेरै संस्थाहरुमा नेतृत्व तहमा काम गरेको छु । अध्यक्ष हुन मलाई अर्को नयाँ संस्था खोलिरहन जरुरत छैन । यसमा लागेका अन्य साथीहरुको पृष्ठभूमि हेर्नु भयो भने पनि उहाँहरुले अन्य संस्थाहरुमा काम गरिसक्नु भएको छ । यसमा लाग्ने कोहि पनि व्यक्तिगत लाभको लागि लाग्नु भएको छैन । त्यसैले तपाईंहरु पनि आउनुस, यो सम्मेलन तपाईं हाम्रै लागि हो, तपाईं हाम्रा छोराछोरीको लागि हो । यसमा थुप्रै इभेन्ट, शो र खेलहरु हुँदैछन् । यसमा आफुले भाग लिने ठाउँमा आफुले र आफ्ना छोराछोरीले भाग लिने ठाउँमा उनीहरुलाई भाग लिन प्रेरित गर्नुस । यसको भब्य सफलता नेपाली समुदायको प्रगति र उन्नतिको लागि एउटा कोशेढुंगा हो । (लेखनाथ गौतम)

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907