नेजाको एनआरएन उम्मेदवारहरुसंगको बहसको सम्पूर्ण तयारी पुरा
मे १३, डालस, टेक्सास। नेपाल अमेरिका पत्रकार संघले भोलि अर्थात् मे १४ आइतबारको दिन डालस स्थित नेपाली मन्दिरमा एक बहस कार्यक्रम संचालन गर्दैछ। त्यसको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भएको छ। आसन्न गैर आबसिय नेपाली संघ अमेरिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएर अमेरिकाभर आफ्नो प्रचार एबम प्रसार गरिरहेका उम्मेदवारहरु बीच सो बहस संचालन हुँदैछ। सोहि कार्यक्रमको लागि बिभिन्न राज्यमा बस्ने अध्यक्ष पदका उम्मेदवारहरु आइसक्नु भएको र कोहि आउंदै गर्नु भएको कुरा नेजाले जनाएको छ भने हल लगायत अन्य आबस्यक तयारी सम्पन्न भएको कुरा बहसको संयोजन तथा संचालन गर्नु भएका नेजाका कार्यकारी सदस्य बाल जोशीले जनाएका छन् ।
नेजा अमेरिकामा रहेका पत्रकारहरुको साझा संस्था हो। उक्त कार्यक्रममा उपस्थित भएर आफ्नो बिचारहरु अमेरिकाभरिका मतदाता समक्ष पुर्याउन पाउनु उम्मेदवारहरुको लागि राम्रो अवसर हो। त्यति नै प्रचारको लागि उनीहरुले ठुलो धनराशी खर्च गर्नु पर्छ। एनआरएन अमेरिका र नेजा बीच बहस संचालन गर्ने लिखित सहमति समेत भएर यस्तो बहसहरु आयोजना भएका छन्। अघिल्लो हप्ता मात्र आफ्नो बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गरेको नेजाले सोहि अबसरमा समेत एक बिशेष बहस कार्यक्रम संचालन गरेको थियो। बहसमा अहिले चर्चामा रहेका ४ जना प्रतिष्पर्धीहरु सहभागी भएर आफ्नो आफ्नो धारणा र भावी योजना प्रस्तुत गरेका थिए।आइतबार हुने डालसको बहस कार्यक्रम केहि महिना अघि मात्र घोषणा गरिएको थियो ।
भोलिको बहसमा बिशेष गरी अघिल्लो बहसमा श्रोता र दर्शकहरुले सोध्न चाहेका तर समयाभावको कारण सोध्न नसकिएका प्रश्नहरु समेत समाबेस गरिनेछ । अमेरिका जस्तो देशमा बस्ने मतदाताले आफ्नो उम्मेदवारको सबै हैसियत थाहा पाउन जरुरी छ। पैसा खर्च गरेर किनिने व्यक्तिहरु बाहेक अरु सबैको चासो यहि नै छ कि उम्मेदवारहरु संग पैसा मात्र होइन भिजन पनि छ। उनीहरुसंग आफ्ना कुरा स्पस्ट राख्ने क्षमता पनि छ। उनीहरुसंग प्रतिष्पर्धीहरुसंग स्वस्थ मुकाबला गर्ने आँट छ। अरुको कुरा सुन्ने र रचनात्मक कुराहरुलाई आफ्नो योजनामा समाबेस गर्ने आँट उनीहरुमा छ भन्ने जान्न पाउने मतदाताहरुको अधिकारको कुरा हो। उनीहरुले सार्बजनिक रुपमा गरेका कुराहरुलाई रेकर्ड गरेर पछि त्यसमा चुके भने औंलो ठड्याउन सकिन्छ। सार्बजनिक बहस उनीहरुलाई आफ्ना भावी योजना प्रस्तुत गर्ने मात्र होइन आफुले गरेका कुराहरु प्रति जवाफदेही बनाउन पनि सहयोगी हुनसक्छन । सार्बजनिक रुपमा गरेका प्रतिबद्धता पुरा नगर्ने र जे पायो त्यहि बोल्ने छुट ट्रंपले जस्तो यी एनआरएनका उम्मेदवारहरुले प्राप्त गर्ने छैनन् ।
मे १४ गते अपरान्ह साढे तीन देखि करिव दुइ घटना संचालन हुने उक्त बहस अमेरिकाभरी रहेका अनलाइन मेडियाहरुले प्रत्यक्ष प्रसारण गर्नेछन। डालस बाहिर रहेका गैर आबसिय नेपालीहरुले टिभी, कम्प्युटर र फोनको स्क्रिनहरुमा यो बहस हेर्न सक्नु हुनेछ भने डालस वरपर रहेका सम्पूर्ण मतदाताहरु अर्भिंग स्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको सभाहलमा स्वयम् उपस्थित भएर हेर्न सक्नु हुनेछ। कसलाई भोट हाल्ने होला भनेर अलमलमा हुनुहुन्छ भने भोलिको बहस हेरिसकेपछि तपाईंहरुलाई पक्कै केहि स्पष्टता प्राप्त हुनेछ। उम्मेदवारहरु पनि आफुलाई अरु बढी एनआरएन माझ आफु पुगेको महसुस हुनेछ।