डालसको नेपाली पाठशालाका नानीबाबुहरु आइतबार दिक्षित हुने

मे ९, डालस, टेक्सास । टेक्सासको डालस वरपर बस्ने नेपालीहरुको साझा संगठन नेपाली समाज टेक्सास हो । सन् १९९८ देखि स्थापना भएर नेपाली समुदायको सेवामा निरन्तर समर्पित नेपाली समाज टेक्सास बिस्वभर नेपालीहरुद्वारा स्थापित संस्थाहरुमा सक्रिय मानिन्छ । २०१५ मा नेपालमा गएको महाभूकम्पमा यो संस्थाले ठुलो रकम सहयोग जुटाउन सफल भएको थियो भने अन्य क्रियाकलापहरुमा पनि यो संस्था उदाहरणिय मानिन्छ ।

1

यसले नेपाली भाषा सिकाउन, नैतिक शिक्षा सिकाउन नेपाली पाठशाला समेत संचालन गरेको छ ।शैक्षिक सत्रको समाप्ति संगै दिक्षान्त समारोह समेत गर्छ । बर्षभरी दिक्षान्त समारोहमा ती साना बालबालिकाले के सिके भनेर त्यहाँ प्रस्तुत गरिन्छ । कसैले गजबले नेपाली सिकेका हुन्छन भने कसैले नाच्न । उनीहरुको हौसला अझै बढाउन दिक्षान्त समारोहमा पुरस्कार, प्रमाणपत्र प्रदान गरिन्छ । उनीहरुले सिकेको नाच प्रस्तुत गर्ने अवसर प्रदान गरिन्छ । आफुले सिकेको कुरा सबैको सामु भन्ने अवसर पनि प्रदान गरिन्छ । यो बर्ष पनि नेपाली समाज टेक्सासले त्यो परम्परा कायम राखेको छ । आउँदो मे १४ आइतबार दिउसो १ बजे देखि नेपाली समाज टेक्सासले नेपाली पाठशालाका बिद्यार्थीहरुको दिक्षान्त समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी बालबालिका दिक्षित हुनेछन ।

भनिन्छ, डालस वरपर २० देखि ३० हजार नेपाली बसोबास गर्छन । उनीहरुका बालबच्चा पनि होलान । यति ठुलो जनसंख्याको बिचमा रहेको एउटा मात्र नेपाली भाषा स्कुलमा यति थोरै बिद्यार्थी किन भए होलान भनेर मानिसहरु सोध्ने गर्छन । यसमा संस्थाको कमजोरी छ कि स्वयम् अभिभावकको ? कोहि भन्छन नेपाली समाज टेक्सासको ब्यबस्थापन ठिक छैन, त्यसैले अभिभावकहरु आफ्नो बच्चा ल्याउन चासो दिंदैनन । फेरी नेपाली समाज टेक्सासका समाजसेवीहरु अर्कै भन्छन । हामीले बच्चाहरुलाई पिएचडि गराउने होइन, अलि अलि भाषा सिकाउने हो । अभिभावक आफ्ना बच्चाको पढाई प्रति गम्भीर देखिन्नन् । स्कुलमा बच्चा छोडेर गफ हाँकेर बसेर बच्चाले सिक्दैनन । हामीले अलिकति बाटो देखाउने प्रयत्न मात्रै गरेको हो, त्यसलाई साँच्चिकै परिणाममुखी बनाउन अभिभावक नै सचेत र सक्रिय हुनुपर्छ ।

मलाई लाग्छ कमजोरी दुवै पक्षका होलान, सुध्रिनु पर्छ । नेपाली समाज टेक्सासले  पनि अलि ब्यबस्थित गर्नु पर्छ ।  अभिभावकले त झन् जिम्मेवार हुन जरुरी छ । भोलि तपाईंको बच्चाले नेपाली नजानेर हजुर बा आमासंग पनि अंग्रेजीमै भट्भटाउन शुरु गर्छ अनि बल्ल थाहा हुन्छ । यो वा त्यो नाममा नेपाली पाठशाला नपठाउने  बाबा आमा पछुताउनु पर्नेछ । कृपया तपाईंहरुका पनि बालबालिका छन् भने उनीहरुलाई नेपाली  सिक्ने अवसर दिनुस । गफ छाँटेर बस्नु भन्दा उनीहरुलाई सभ्य र सुसंस्कृत बनाउन समय दिनु पर्छ । बुढेसकालमा पुर्पुरोमा हात राखेर पछुताउनु भन्दा अहिले अलिकति समय लगानी गर्नु पर्छ । नेपाली भाषा सिकाउनु हाम्रो पहिलो कर्तब्य हो । अंग्रेजी बोले भनेर नाक फुलाएर नबस्नुस, नेपाली भाषा नै उनीहरुलाई हाम्रो इतिहास, पहिचान, संस्कृति जस्ता कुराहरुको वरिपरि राख्ने एकमात्र शुत्र हो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907