एनआरएनको सदस्यता प्रमाणीकरणबारे टेक्सास च्याप्टर उत्तम लामिछानेद्वारा बिज्ञप्ति जारी

एनआरएन अमेरिकाको सदस्यता निर्माण सकियो तर सदस्यता निर्माण प्रक्रियामा भएका चलखेलको कथा सकिएको छैन। आफ्नो पक्षमा केहि गलत हुँदा जुँगा मुसारेर जाँड खाएर बस्ने तर अरुको पक्षमा प्रक्रिया दुरुपयोग गरिंदा धोती खोलेर बिरोधमा सडकमा उत्रिने दोहोरो चरित्रधारी अगुवाहरु जुन संगठनका नेता हुन्छन, त्यहाँ गतिलो अपेक्षा गर्न सक्ने कुरै भएन। त्यसैले यहाँ लफ़डै लफडा छ।

सदस्यता निर्माणको क्रममा टेक्सासमा करिब पांच हजार सदस्य बने। तिनको छानबिन गर्न एउटा बिज्ञ टोली बन्यो बनाइयो। तर यी सम्पूर्ण प्रक्रियामा टेक्सास च्याप्टरलाइ बाइपास गरियो। सिधै आफ्नो मातहतमा र आफ्नै मात्र निर्देशनमा काम गर्ने हो भने च्याप्टर बनाउनु पर्ने जरुरी छैन। समग्र प्रमाणीकरण प्रक्रियामा च्याप्टरको भूमिका अस्विकार गर्नु भनेको च्याप्टरमाथिको अविस्वास हो। यस्तो सोंच किन केन्द्रका मानिसहरुमा पलायो, बुझिनसक्नु छ। यहि बुद्धिहीन गतिबिधिका कारण एनआरएनले आफैले पैसा तिरेर सदस्य बन्नेको संख्या ५ सय पुर्याउन सकेको छैन। अर्काले पैसा तिरिदिएर बनेका सदस्यहरुको लिस्ट खल्तीमा राखेर यति सदस्य बने र उति सदस्य बने भन्दै मुते न्यानोमा रमाउने हो कि यो संस्थालाई साँच्चिकै गतिशीलता प्रदान गरेर यो माथिको आकर्षण पैदा गरेर सदस्य बढाउने हो, नेतृत्वमा रहेकाहरुले बुझ्नु जरुरी छ।

यसै बिचमा एनआरएन अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले झोंक चलेर एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ। हेर्नुस बिज्ञप्ति जस्ताको तस्तै:

1

एनआरएन अमेरिका सदस्यता भेरिफिकेसन सम्बन्धमा आएका हल्लाका बारेमा टेक्सस च्याप्टरको अध्यक्ष हुदां मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सदस्यता छानविन समितिले कसैको निहित स्वार्थ पुरा गर्न भेदभाव हुने गरी काम गर्दैन भन्ने मेरो विश्वास हो । भेरिफिकेसनमा टेक्ससवाट सदस्यताका लागि निवेदन दिने बढी छानविनमा परे भन्ने जुन हल्ला आएको छ । मलाई लाग्दैन यसमा सत्यता छ । यदि कसैले खराब आसयले गलत कार्य गरेको पाइएमा त्यस्ता नक्कली सदस्यहरु हट्नु पर्छ भन्ने मेरो प्रस्ट मान्यता छ तर कसैको निहित स्वार्थ पुरा गर्न भेदभाव हुनखोजेको सत्य हो भने यसमा मेरो गम्भीर आपत्ति हुने छ ।

त्यसै गरी बजारमा देखिएका भिडियो को सम्बन्धमा पनी ध्यानाकर्षण भएको छ यदि यो सत्य हो भने यसको अमेरीकी कानुन अनुसार दोषी ले सजाय पाउनु पर्छ भन्ने मेरो पनी मान्यता भएको र यसमा मेरो कुनै संलग्नता नभएकोले कानुनी प्रोसेस अगाडी बढाउन सम्बन्धित पक्ष लाइ मेरो सहयोग अवस्य रहने कुराको प्रतीबद्दता दर्साउदछु अन्यथा सस्तो लोकप्रियता कमाउने उद्देस्यले निकालीएको हो भने यो दु:खद कार्य हो ।

टेक्ससमा नेपालीको समुदायको जनसङ्ख्या अत्याधिक र उम्मेदवार हुन चाहनेको संख्यापनि बढी रहेकाले सदस्यता बढ्नु स्वभाविक हो । एनआरएन अमेरिकाको कार्यसमितिको निर्णय, आईसीसीको चाहना अनुसार हामीले यहाँ सदस्यता बढाउन पहल गरेका थियौँ । यसै कारण टेक्ससमा सदस्य बढी देखिएको हुनुपर्छ । टेक्ससमा बढी देखियो भन्दैमा सदस्यताका लागि आवेदन दिने ठुलो सङ्ख्यालाई छानविनमा राखी रद्द गर्ने प्रयास भए यो सह्य हुदैंन ।

भेरिफिकेसन कमिटिले टेक्ससमा सदस्य माग गर्ने मध्ये को सही हो को होइन भन्ने अन्तीम निर्णय गर्न अप्ठेरो भएमा च्याप्टरसंग तथा यहाका संघ सस्था को सहयोग मा सहि ब्यक्ती नछुटाई गलत ब्यक्ती नपरुन भन्ने हो । यो मर्म विपरीत निर्णय हुदैंन भन्नेमा म विश्वस्त छु । सहि ब्यक्ती सदस्यताका लागि निवेदन दिनु भएका हरुकालागी आफ्नो प्रमाण दिनु भएमा छुट्नु हुदैन तर गलत ब्यक्ती लाइ मेरो मेरो साथ हुदैन सबैलाई यसमा ढुक्क हुन र च्याप्टर तपाईँको अधिकारका पक्षमा सदा रहने छ भन्नेमा विश्वास दिलाउन चाहन्छु ।

नेतृत्वका लागि निर्वाचन प्रजातान्त्रिक प्रकृया हो । यो स्वच्छ र मयार्दित हुनु पर्छ यसमा दुई मत छैन । कसैले निर्वाचनलाई प्रभावित पार्न गलत रूपमा सदस्य बनाएको रहेछ भने यो गलत हो यस कार्यलाई प्रोत्साहन हामीले दिनु हुदैंन । तर, निर्वाचनलाई फाइदा वेफाइदा हेरेर एउटा इमेल पठाएको भरमा कसैको पनि सदस्यता खारेज गरिनु हुदैंन ।

 

यस्तो कार्य भएमा टेक्सस च्याप्टरको गम्भीर आपत्ति हुने छ । टेक्ससमा सयौँको सदस्यता रद्द गर्ने हल्ला आएपछि कयौँले मलाई व्यक्तिगत रूपमा सम्पर्क गरी आफ्नो सदस्यता भए नभएको, नभए पैसा फिर्ता दिन दबाब समेत दिएको म जानकारी गराउन चाहन्छु ।

छानविन समितिले आफ्नो काम गर्दा अन्तिम समयमा एनआरएन अमेरिकाको अनलाइन पटक पटक डाउन भएको, ढिलो खुल्ने, विभिन्न समस्या आउने गरेको यर्थाथलाई पनि मनन गर्न म आग्रह गर्छु । इमेल भेरिफाई मात्र छानविनको आधार हुन सक्दैन भन्ने मेरो मान्यता हो । यो टेक्ससका लागि मात्र होइन अमेरिका भरीनै यसलाई मात्र आधार मानिनु हुदैंन ।

एनआरएन अमेरिकाको अनलाइनमा समस्या आएको एउटै नाम धेरै ठाउँमा दोहोरिएर आएको, पैसा तिर्न समस्या देखिएको, पैसा तिरेपनि सिस्टममा नाम नदेखिएको जस्ता गुनासो हामी सबैले अनुभव गरेको हो । यस्तो अवस्थामा व्यवहारिक भई पक्षपात नगरी छानविन गर्न भेरिफिकेसन समितिलाई पुन आग्रह गर्छु । यदि टेक्ससमा बढी सदस्य बनेको देखेर एउटा इमेल पठाई जवाफ आएन भनेर सदस्यता रद्द गरिन्छ भने यसमा हाम्रो गम्भीर आपत्ति रहने छ । यसको जिम्मेवार एनआरएन अमेरिका कार्य समिति र भेरिफिकेशन समिति हुनु पर्ने छ ।

 

उत्तम लामिछाने
एनआरएन अमेरिका टेक्सस च्याप्टर

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907