युएनएको प्रतिभा प्रस्तुति “UNA Talent Hunt” को कार्यतालिका प्रकाशित: सहभागी हुन अपिल
डालस, टेक्सास, अप्रिल २६ । युनाइटेड नेपालीज एसोसिएसन आफ्नो दोश्रो अधिबेशन डालसमा गर्दैछ । त्यसको लागि बिभिन्न चरणमा कामहरु भैरहेका छन् । यसै क्रममा १५ बर्ष माथिका बालबालिकाहरुको लागि समर्पित एउटा अत्यन्त महत्वपूर्ण कार्यक्रम “युएनए ट्यालेन्ट हन्ट” भनिएको प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको तालिका प्रकाशित गरिएको छ । यो कार्यक्रममा भाग लिन चाहने वा यसमा आफ्नो प्रतिभा देखाउन चाहनेले जुनसुकै विधामा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन । प्रतिभाको कुनै सिमा हुँदैन र त्यसको कुनै क्षेत्र निर्धारण गरेर प्रतिस्पर्धा गराउनु उचित पनि हुँदैन । त्यसैले गीत, संगीत, बाद्यबादन, जादु होस् वा अन्य जेसुकै होस्, यो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाइन्छ ।
अबको ठिक एक महिना पछि अर्थात् मे २६ सुक्रबार साँझ ७:३० देखि ९ बजेसम्म उक्त ट्यालेन्ट शो संचालन गरिनेछ । यसमा प्रथम हुनेले एक हजार डलर र दोश्रो हुनेले पांच सय डलर प्राप्त गर्नेछन । यस इभेन्टका संयोजक रायन कार्की र अर्जुन सुबेदी हुन् । यी दुवै जना नेपाली समाज टेक्सासमा चर्चित युवा हुन् । त्यस्तै ट्यालेन्ट शोको निर्देशक आइशा ओझा छन् । कार्यक्रमको सल्लाहकार राम हरि पाण्डे छन् । त्यस्तै ट्यालेन्टहरुको संयोजन गर्ने जिम्मा रोधन, श्रद्धा र आयुषले पाएका छन् भने ब्यबस्थापन बिनिषाले गर्दैछिन । त्यस्तै यो शो नेपसिने र प्लानेट ३ को सहयोगमा संचालन हुनेछन । यसमा भाग लिन चाहनेको लागि दर्ता प्रक्रिया खुलिसकेको छ । अन्य कार्यक्रमहरुको पनि तालिका प्रकाशित भैसकेको छ । त्यसको लागि www unaconvention .org मा गएर सूचना लिन सकिनेछ ।