अमेरिकामा नेपाली युवाहरुमा समर्पित युएनए को दोश्रो सम्मेलन सफल पारौं: पासांग लामा

 अमेरिकामा २०१६ मा स्थापित नेपाली युबाहरुको लागि लक्षित एक मात्र संगठन युएनए का अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति मार्फत सबैलाई सहयोगको लागि अपिल गर्नु भएको छ । आगामी मे महिनाको २६ देखि २८  सम्म डालसमा हुन लागेको उक्त सम्मेलनले नेपाली युबाहरुलाई एक कदम अगाडी बढाउने विश्वास राखिएको छ । लामा द्वारा प्रकाशित बिज्ञप्ति जस्ताको तस्तै:
1
नमस्कार,
युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आउन अब जम्मा एक महिना मात्र बाँकी छ । यो सम्मेलनलाइ सभ्य र भब्य बनाउन हामी अहोरात्र काम गरिरहेका छौं । बिशेष गरी हाम्रो टीममा रहेका युवाहरुको कारण यस अभियानमा अथाह उर्जा छ । जति हामी अघि बढ्दै छौं, त्यति बढी उर्जा थपिएको छ । युबाहरुको वृद्धि बिकासमा समर्पित युएनए युबाहरु कै उर्जाले हरेक दिन बलियो बन्दै गएको छ । हामी यसमा गर्ब गर्छौं ।
त्यहि युबाहरुको सक्रियताको कारण डालस र अमेरिका कै नेपाली समाजमा युएनए ले अलग्गै स्थान बनाउदै लगेको छ । खेलाडीहरुमा हौसला पलाएको छ र युबाहरुमा भबिस्य प्रतिको आशा बलियो बनेको छ । व्यक्तिगत रुपमा र संस्थागत रुपमा युएनएमा संलग्न हुन चाहनेहरुको बढोत्तरी त्यसैको परिणाम हो ।
हामीले शुरु देखि नै जोड दिएको कुरा के हो भने यसमा कसैको अन्तर्निहित उद्देश्य र स्वार्थ छैन । आफ्नो आफ्नो राम्रो वा नराम्रो कामको परिणाम स्वरुप हुने लाभ वा हानी बाहेक कसैले व्यक्तिगत लाभ वा हानी व्यहोर्नु पर्ने अवस्था यहाँ छैन । आर्थिक उपार्जन हाम्रो उद्देस्य होइन । कतिपय परिस्थितिमा खर्च चलाउन र कार्यक्रमको गुणस्तर राम्रो बनाउन पैसा लिन जरुरी भए पनि त्यो रकम न्युनतम तोकिएको छ । खेलकुदको लागि टीम दर्ता प्रक्रिया शुरु भैसकेको छ । सांस्कृतिक कार्यक्रमको लागि र अन्य कार्यक्रमहरुको प्रारम्भिक कार्यतालिका समेत सार्बजनिक भैसकेको छ । तालिका प्रकाशन संगै सबैमा थप उत्साह थपिएको मैले महशुश गरेको छु ।
यो सम्मेलन हाम्रो अभियानको एक सानो तर अभिन्न भाग हो । यसमा संयोजकको रुपमा सक्रियतापुर्बक लाग्ने वा अन्य तरिकाले सम्मेलन सफल पार्नको सहयोग गरिरहेका व्यक्ति र संस्थाहरुलाई  सबैलाई धन्यवाद दिन चाहन्छु ।  नेपाली युवाको अमेरिकी समाजमा सम्मानजनक स्थान दिलाउने सबालमा हाम्रो सबै सहयोगी हुनुहुन्छ भन्नेमा हामी बिस्वस्त छौं । हाम्रो कुनै संस्थाहरुसंग प्रतिस्पर्धा र बैरभाव छैन । हामी नेपाली युबाहरुलाई फाइदा पुर्याउन चाहने व्यक्ति होस् वा संस्था होस् सबै संग मिलेर काम गर्न चाहन्छौ । यसमा राजनीतिक रोग छैन र भबिस्यमा नहोस भन्नेमा हामी सचेत छौं ।
त्यसैले आउनुहोस, सबैले डालसमा हुन लागेको यो सम्मेलन सफल पारौं । व्यक्तिगत रुपमा आफुलाई रजिस्टर गरेर, खेलमा टीम संलग्न गराएर, आफ्ना बालबालिकाहरुलाई सहभागी गराएर, कार्यक्रमको प्रायोजन गरेर र अन्य तरिकाले यसमा सहयोग गर्न सकिन्छ । ३ दिनको सम्पूर्ण कार्यक्रमको $१०० शुल्क निर्धारण गरिएको छ । डालस नजिक कोपेल शहरमा अबस्थित फोर पोइण्ट्स बाइ शेराटनमा सपरिवार आएर मनोरंजन लिनुको साथै आफ्ना बालबालिकालाई नेपालको झल्को दिने अवसरको समेत उपयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु । यसको बारेमा अन्य जानकारीको लागि युएनए को आधिकारिक वेबसाइट (www .unaconvention.org ) मा जानुहुन अनुरोध गर्दछु । सम्पर्कको लागि समेत त्यहीं बाट सूचना लिन सक्नु हुनेछ । फेरी पनि सबैलाई सहयोगको आग्रह र मे अन्तिम साता अर्थात् २६ गते सुक्रबार सम्मेलनमा सहभागी हुन हृदय देखि नै अनुरोध गर्न चाहन्छु । धन्यवाद ।
पासांग लामा
अध्यक्ष
युनाइटेड नेपालीज एसोसिएसन

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907