“नेपालको लागि साँझ” सफलतापुर्बक सम्पन्न

अप्रिल २३, डालस, टेक्सास। अर्भिंग स्थित रमाइलो रेस्टुरेन्ट। झिलिमिली बत्ति, उज्याला र हँसिला मानिसहरु, उत्प्रेरक बक्ताहरु। आफु बाँचेको समाजलाई केहि दिनु पर्छ भन्नेहरुको सानो समूह को बिचमा भर्खरका कल्कलाउँदा बालिकाहरु। मानिस भन्छन केहि गर्न केहि हुनु पर्छ, तर केहि नभए पनि दिन सकिन्छ भन्ने संदेश दिने यो कार्यक्रमको मुख्य उद्देस्य। “नेपालको लागि साँझ” अर्थात् Night For Nepal नाम प्रदान गरिएको पैसा उठाउने साँझको खाना अर्थात् फन्डरेजिंग डिनर । नेपालको गोर्खा जिल्ला स्थित एउटा भुकम्पद्वारा ध्वस्त बिद्यालयको पुनर्निर्माण गर्न। उद्देस्य जति सफा त्यहाँको वाताबरण उति नै सफा। जिन्दगीका केहि कम सार्थक सांझहरु मध्य एक अबिस्मरणिय साँझ।

कृतिमा लामिछाने र इच्छा लामिछाने नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने र उहाँकी धर्मपत्नी माला लामिछानेका पुत्रिरत्न हुन् । कृतिमा १७ बर्ष र इच्छा १२ बर्ष भइन। कृतिमा १५ बर्षकी हुँदा नेपालमा भूइंचालो गयो। त्यहाँको परिस्थिति देखेर उनलाई आफुले सकेको केहि गर्छु भन्ने भावना पलायो। उनले देखिन त्यहाँ गर्नु पर्ने धेरै काम छ। त्यहाँ खानाको समस्या छ, त्यहाँ बासको समस्या छ, त्यहाँ उपचारको खाँचो छ। उनको हैसियत ती सबै गर्न सक्ने थिएन, हुने कुरा पनि भएन। जब उनले भत्केका बिद्यालय देखिन, उनलाई लाग्यो म जस्तै साना बालबालिकाहरुको लागि मैले सानो केहि सहयोग गर्नु पर्छ। मनमनै स्कुल निर्माणको योजना बुनिन तर स्कुल बनाउन ठुलो धनराशी चाहिन्थ्यो। स्कुल बनाउने चाहना मनको कुनामा सुरक्षित राखेर तत्कालिन उद्दार र राहतको लागि नेपाली ४० हजार आफ्नै पहलमा उठाउन सफल भइन। त्यसपछि स्कुल बनाउने अभियानलाई कसरी सफल पार्न सकिन्छ भनेर सोंच्न लागिन।

“पहिले मलाई नेपाली हुँ भन्न अलि अप्ठेरो लाग्थ्यो । मेरा गोरा साथीहरु थिए। उनीहरुले नेपाल भनेको कतै अफ्रीका तिरको गरिब देश होला भन्ने ठान्थे। उनीहरु नेपाल प्रति यति अनभिज्ञ थिए कि मैले उनीहरुलाई के भनेर शुरु गरूँ भन्ने लाग्थ्यो । विस्तारै मेरो बुबा आमाको प्रेरणाबाट नेपाल, नेपाली संस्कृति, नेपाली भाषा र नेपालीहरु प्रति बढी रुचि दिन थालें। जति सिक्दै गएँ, म भित्र नेपाल प्रति र नेपाली संस्कार प्रति श्रद्धा बढ्दै गयो। नेपालको बारेमा साथीहरुसंग अलि हिच्किचाउने म नेपालको दुत झैं बन्न पुगें। अहिले मेरा सबै साथीहरुलाई नेपाल बारे थाहा छ। मलाई आफ्नो बिगत अर्थात् मेरो जराको बारेमा जानकारी त छ नै नेपाली हुनुमा गर्व पनि छ। मलाई लाग्छ, म नेपाली भन्दा अरु भएको भए आफ्नो संस्कार र बिगत प्रति यति धेरै गर्व गर्ने ठाउं हुने थिएन। मलाई मेरो बुबा आमा, यहाँको नेपाली समुदाय र नेपाल प्रति अपार श्रद्दा छ। म पछि हुर्केर पनि नेपाल र नेपालीकै सेवा गर्न चाहन्छु”, कार्यक्रममा कृतिमाले आफ्नो आँखाबाट आँसु निकाल्दै यी गर्विला भनाइहरु राखिन। यस्ती असल छोरी जन्माएर संस्कार सहित हुर्काएकोमा लामिछाने दम्पतिलाइ बधाई र धन्यवाद।
फन्डरेजिंग डिनरमा अन्य बक्ताहरु पनि हुनुहुन्थ्यो । नेपाली समाज टेक्सासका उपाध्यक्ष कमल सापकोटा ती मध्ये एक हुनुहुन्थ्यो। उहाँ गफ गर्ने र थोरै गरेर धेरै प्रचार गर्नेमा पर्नु हुन्न। लामो र ह्रस्व दिर्घ मिलेको भाषण उहाँ गर्नु हुन्न। नेपाली समाज टेक्सासले गर्ने हरेक कार्यक्रममा उहाँ आयोजक मात्र होइन प्रायोजक र कार्यकर्ता हुनुहुन्छ। यो कार्यक्रममा पनि उहाँले त्यहि गर्नु भयो। हृदय देखि बोल्नु भयो, सहयोगको बचन दिनु भयो र ती कलिला बालिकाहरुलाई प्रेरणा प्रदान गर्नु भयो। अर्का बक्ता दिनेश शर्माले पनि सदा झैं मिठो शैलीमा अत्यन्त उत्प्रेरक विचार व्यक्त गर्नु भयो। अर्का बक्ता बाल जोशीले पनि चिर परिचित मिठो शैलीमा समाजसेवा गर्न मन चाहिन्छ तन र धन आफै जुट्छ भन्ने उदाहरण कृतिमा र इच्छाले सबैलाई सिकाएको भन्दै सबैलाई समाजसेवा प्रति उदार हुन अनुरोध गर्नु भयो। एचडिएनपी इन्टरनेसनलका संस्थापक अध्यक्ष देवी आचार्यले आफ्नो सदिक्षा र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना समाजसेवाका अनुभव बाँड्दै ति दुइ बालिकाहरुलाइ यस्तो पुन्य कामको लागि धन्यवाद प्रदान गर्नु भयो।

कार्यक्रमको संचालन नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका महासचिव सुरेश पोख्रेलले उत्कृस्ट तरिकाले गर्नु भयो। बेला बेलामा दाताहरुको नाम पनि उहाँले लिनु भयो। उपस्थितहरुलाई धन्यवाद दिनु भयो। फन्डरेजिंग डिनर भनिए पनि मनोरन्जनको राम्रो व्यवस्था थियो। अंग्रेजी नाम भएकी पौडेल थरकी सानी फुच्ची निकै राम्रो नाचिन। डालसमा चर्चित डान्सर शार्दुला जोशीको सुन्दर नाच उपस्थित सबैले रमाइलो मानेर हेरे। भिम थापाले लोक गीत गाएर सबैलाई नचाए। अन्त्यमा डिजे नृत्य शुरु भयो। कृतिमा लामिछानेका गोरा र गोरी साथीहरु नेपाली गीतमा मज्जाले नाचे। रमाइलो रेस्टुरेन्टको मिठो खाना खाँदै, रमाइलो गर्दै सबै खुसिपुर्बक बिदा भए। कार्यक्रम समापन भयो।

1 2

3

4

5

6

7

 

8

9

10

11

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907