लवक नेपाली समाजमा नयॉ कार्यसमिति चयन, अध्यक्षमा गौतम

अप्रिल १४, लवक। टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा भर्खरै सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।

1

प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको उक्त कार्यसमितिको अध्यक्ष पदमा गौतम सहित उपाध्यक्षमा रामभक्तव जोशी, सचिवमा शर्मिला पराजुली र कोषाध्यक्षमा विन्दया सुवेदी रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरूमा डा राजन घिमिरे, राज श्रेष्ठ र प्रभा घिमिरे चयन भएकाछन । प्रा डा पराजुलीसहित रेशम घर्ति, डा माधव पाण्डे र जया पराजुली सम्मिलित निर्वाचन कमिटीले नव निर्वाचित कमिटीको घोषणा गर्दै बधाई एवं सफल कार्यकालको शुभकामना दिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष डा माधव पाण्डेले संस्थाले पछिल्लो विनाशकारी भूकम्पमा २३ हजार डलर सहयोग गरेको, अमेरिकामा नेपाली भाषा पाठशाला सन्चालन गरेको, नेपालको विकट लमजुडको घामराडवेसीमा खानेपानीको लागी सहयोग गरेको लगायतका प्रगति विवरण प्रस्तुत गर्दै समाजको सेवामा सधै समर्पित रहने वताए । कार्यक्रममा पूर्वअध्यक्ष रेशम घर्ति, प्राध्यापक विभा गौतम, टेक्सास टेक विश्वविद्यालयमा रहेको नेपाली विद्यार्थी संघका अध्यक्ष अशोक ढकाल लगायतको उपश्थिती रहेको थियो । टेक्सास टेक नामक लोकप्रिय विश्वविद्यालय रहेको यस ठाउमा झण्डै डेढसय नेपाली रहेको वताईन्छ ।

2

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907