क्यानाडा निवासी मित्र काफ्लेद्वारा मन्दिरको लागि भूमिदान
लामो समयदेखी क्यानडामा वस्दै आएका समाजसेवी मित्र काफ्लेले काठमाण्डौंको सतुगंलमा वन्न लागेको विन्धवासिनी मन्दिर तथा पहिलो आध्यात्मिक बिस्सो बिद्यालय का लागी भुमिदान गरेका छन् । उनले मन्दिर निर्माणका लागी राखियको सन्कल्प अनुसारको भुमी दान गरेका हुन । केही समय अघि क्यानडा भर्मण् मा गएका आध्यात्मीक विश्वविद्यालयका अभियान-कर्ता ” नेपाली बबा ” जगताचार्यले काफ्लेसँग राखेको प्रस्तावलाई स्विकार्दै क्यानडावाटै भुमिदान सन्कल्प बराबरको रकम दान गरेका हुन भने काठमाडौं आयको मौका पारी माटो पूजा गरी बिधिबत् भुमिदान् गर्ने काफ्लेले बताय |
भुमिदानको लागी काफ्लेले क्यानडावाटै संकल्प गरेपछि जगनाचार्यले उक्त मद्धतले मन्दिर निर्माण मा अरुधेरै को सहयोग वढ्ने वताए । नेपाली बाबाले भने, –‘काफ्लेजीले गरेको सहयोग निकैनै प्रसंसनिय छ, यो सहयोगले मन्दिर निर्माण कार्यलाई महत्तोपूर्ण मद्धत पुगेको छ ।’ केही समय अघि नेपाल आएको वेला विभीन्न संघसस्थालाई १०सौ लाख वरावरको सहयोग गरिसकेका काफ्लेले निर्माण हुन थालेको विन्धवासीनी मन्दिर व्यवस्थापन समितीको आजिवन सदस्य समेत वनिसकेका छन् । उनले मन्दिर निर्माणमा हरेक नेपाली मनले सहयोग गरेको खण्डमा चाडैनै सम्पन्न हुने वताए ।