युएनए दोश्रो सम्मेलनमा हेमन्त रानाले डालस तताउने
डालस, अप्रिल ९। युनाइटेड नेपालिज एसोसिएसनको डालसमा हुने दोश्रो सम्मेलनको तिथि नजिक आउंदै गर्दा यसको तयारी तिब्र रुपमा चलिरहेको छ। सम्मेलन भनिए पनि यसको मुख्य उद्देश्य नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित गर्न सहयोग गर्नु हो। मुलधारमा स्थापित गर्न के के कुराहरु आबस्यक छन् भन्ने कुराको पहिचान गर्नु सबभन्दा पहिलो खुड्किलो हो। युनाइटेड नेपालिज एसोसियसन दोश्रो बर्षमा प्रवेश गर्दै गर्दा स्पस्ट उद्देस्य र दृस्टीकोण मात्र होइन त्यसको लागि आबस्यक मार्गदर्शन झन् महत्वपूर्ण छ। गर्न आबस्यक र गर्न सकिने कुराहरुको क्षेत्र बिस्तार आफ्नै गतिमा भैरहने छ। तर अहिले सम्म यो संस्थाले खेलकुद र ब्यबसायमा मुख्य ध्यान केन्द्रित गर्ने नीति लिएको छ।
अहिलेको संसारमा खेलकुदको ठुलो महत्व छ। अहिले खेल टाइम पास गर्ने मध्यम होइन, भविस्य उज्ज्वल पार्ने र संसारमा चिनिने महत्वपूर्ण मध्यम हो। खेलकुदलाइ नै लक्षित गरेर थुप्रै प्रतियोगिताहरु संचालन हुँदैछन्।फुटबल, भलिबल, क्रिकेट, गल्फ, टेबल टेनिस र बास्केटबलको प्रतियोगिता गरिने भएका छन्। त्यस्तै स्कुले बालबालिकाहरुको लागि हिज्जे प्रतियोगिता र बक्तृत्वकला प्रतियोगिता संचालन हुँदैछन्। आफ्ना टीम र बालबालिकाहरुलाई यस्ता प्रतियोगितामा दर्ता पनि शुरु भैसकेको छ। त्यस्तै आफ्नो भविस्य निर्माणको लागि आबस्यक सल्लाह, सहयोग, योजना समेत उपलब्ध गराउने फोरमहरु पनि संचालन हुँदैछन् ।
२७ मे सनिबारको दिन सबभन्दा महत्वपूर्ण फोरम संचालन हुँदैछ। सफल ब्यबसायी तथा अरबपति बिनोद चौधरीले उक्त फोरममा प्रमुख आतिथ्यता गर्दैछन। विस्वका धनाढ्यहरुको सुचिमा पर्न सफल एकमात्र नेपाली ब्यबसायी चौधरीले उक्त फोरममा आफ्ना सफलताका सुत्र बताउनेछन। त्यस्तै लगानीकर्ता पनि भएकोले कुनै व्यक्तिसंग ब्यबसाय गर्ने योजना छ तर पैसा छैन भने त्यस्ता व्यक्तिहरुको लागि पनि यो फोरमको उपयोग गर्न सकिनेछ। सफलताका कथा संगसंगै सफल बन्ने योजना सहित केहि काम पनि होस् भन्ने युएनएको उद्देस्य छ। इच्छुक व्यक्तिहरुले समयमै सम्पर्क गरी उक्त मौकाको फाइदा उठाउन सक्नेछन।
त्यस्तै अर्को महत्वपूर्ण कार्यक्रम सांस्कृतिक कार्यक्रम हो। मे २८, आइतबार सम्मेलनको समापन पश्चात एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। आजभोलि “साहिँली” भनेर सर्बत्र चर्चित गीतका लोक गायक हेमन्त राना यसको प्रमुख आकर्षण हुनेछन। त्यस्तै कार्यक्रममा स्थानिय ब्याण्ड र प्रतिभाहरुले आफ्नो प्रस्तुति दिनेछन। संस्कृति नै हाम्रो पहिचान भएकोले सोहि मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति संगै सम्पूर्ण युएनए सम्मेलनका सबै कार्यक्रमहरुको समापन हुनेछ