युएनए सम्मेलन सफल पार्न हामी सबै लाग्नु पर्छ: अध्यक्ष पासाङ्ग लामा

एक बर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोश्रो सम्मेलन गर्दै छ । सोहि क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ । बिज्ञप्ति जस्ताको तस्तै:

 

करिब एक बर्ष अघि युनाइटेड नेपालिज एसोसियसनको स्थापना भयो । स्थापनाको बेलामा जोश र जाँगर असाध्यै थियो । क्यालिफोर्नियामा युवाहरुले उत्साहपूर्ण तरिकाले पहिलो सम्मेलन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेले । अर्को बर्षको सम्मेलन डालसमा गर्ने भनेर हामीले त्यति बेलै घोषणा गरेका थियौं । थुप्रै परिस्थितिका कारण बिचमा हामी समुदाय संग अध्यावधिक हुन सकेनौं । तर अब त्यो स्थिति समाप्त भएको छ । आगामी मे महिनाको अन्तिम साता अर्थात मे २६,२७,२८ हाम्रो दोश्रो अधिबेशन हुँदैछ । त्यसको मिति केहि अगाडी नै प्रकाशित गरी सकिएको छ । मिति घोषणा संगै अहिले हामी तिब्र गतिमा त्यसको सम्पूर्ण स्वरुप र कार्यक्रमहरु तय गर्ने क्रममा छौं ।

नेपालीहरुका कतिपय संस्थाहरुमा अलि लफडा देखिन्छ । निहित स्वार्थमा काम गर्ने मान्छेहरु संस्थामा छिर्दा त्यस्तो अवस्था आउँछ । हामीले युएनए लाइ त्यो अवस्थाबाट अलि बाहिर राख्न चाहन्छौं । के हुन्छ भन्ने कुरा हेरेरै देखिने भए पनि त्यस्तो नहोस भन्नेमा हामी सचेत रहनेछौं । यो संस्थालाइ सबैको साझा र सम्मानित बनाउन हामीले हरसम्भव प्रयास पनि गर्ने छौं ।

1

यो संस्था खोल्नुको उद्देस्य कसैलाई भर्याङ्ग बनेर माथि पुर्याउन र कसैलाई धुलो चटाउन होइन । यसमा लाग्नेहरुको आफ्नै राम्रो वा नराम्रो कामको कारण उसले प्राप्त गर्ने नतिजा बाहेक ब्यकिगत रुपमा कसैलाई लाभ र हानिको बिषय यहाँ छैन ।

हाम्रो प्रथम अधिबेशनमा हामीले भनेका थियौं कि हामी परम्परागत तरिकाले जांदैनौ । अमेरिकामा रहेका नेपाली युबाहरुलाई भोलिको अमेरिकी समाजमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता बिकासमा लाग्ने हाम्रो उद्देश्य हो । अनुशाशित,र सुसंस्कृत व्यक्ति मात्र भविस्यमा सफल र सम्मानिय हुन्छ । खेलकुदले मानिस अनुसाशित हुन्छ । त्यसैले हामी खेलकुदमा बिशेष जोड दिएका छौं । समय सापेक्ष फेसन शो, संस्कृतिको रक्षार्थ सांस्कृतिक कार्यक्रम पनि हाम्रा प्राथमिकतामा पर्छन । हाम्रो उद्देस्य अस्वस्थ प्रतिष्पर्धा गरेर दिन कटाउने होइन, राम्रो काम गरेर सक्षम, सफल र अनुसाशित युवा पुस्ता निर्माण गर्दै भविस्यको अमेरिकामा नेपालीहरुको सबल र सक्षम भविस्य निर्माणमा सहयोगी बन्नु हो ।

हामीले यो दिशामा धेरै काम गर्नु छ । तर हामी संग त्यसको लागि योजना त छैन नै, इच्छा शक्तिको पनि कमि छ । युएनएले त्यहि इच्छा शक्ति विकास गर्न पनि काम गर्छ । संघर्ष गरेर सफल भएका व्यक्तिहरुलाइ हाम्रा फोरमहरुमा बक्ताको रुपमा बोलाउने हामीले गत बर्ष देखि नै शुरु गरिसकेका छौं । यी र यस्ता थुप्रै काम गर्न कसैले पनि एक्लै सक्दैन । यसको लागि धेरै व्यक्तिको सहयोग, सद्भाव र सहभागिता जरुरि छ । बिना निहित स्वार्थ जो कसैले पनि यसमा सहभागिता जनाउन सक्छ । यसको एउटा अंश बन्न सक्छ । नयाँ विचार र नयाँ योजना लिएर आउनेहरुको लागि युएनएको ढोका संधै खुल्ला छ । जाति, लिङ्ग, उमेर, आर्थिक अवस्था वा अध्यागमनको अबस्थाले कुनै फरक पार्दैन । यो सबैको संस्था हो । सबै नेपालीहरुले त्यो अनुभूत गर्न के गर्न आबस्यक छ, हामी त्यसको लागि हरदम तयार छौं ।

आफुलाई समुदायको सेवामा समर्पित गर्न चाहने जो कोहि पनि आजै देखि हाम्रो सम्पर्कमा आउन सक्नु हुन्छ । हाम्रा गतिबिधिबारे जानकारी लिन हाम्रो फेसबुक पेज युएनए कन्भेन्सन २०१७ लाइक गर्न सक्नुहुन्छ । त्यस्तै युएनए कन्भेन्सन डट ओआरजी मा यात्रा गरेर पनि सूचना प्राप्त गर्न सक्नुहुन्छ । फेरी पनि गत बर्षको सहयोगको लागि हृदय देखि धन्यवाद दिंदै आउँदो अधिबेशन सफल पार्न सबै नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगको लागि अपिल गर्न चाहन्छु ।
पासाङ्ग लामा अध्यक्ष, युनाइटेड नेपालिज एसोसियसन

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907