एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै

अग्नि चौलागाईं अमेरिका, २७ मार्च / गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको बारेमा पत्राचार गरेकाछन । केन्द्रमा समेत विधानको व्याख्याको लागि एउटा समिति भएको अवस्थामा सो समितिको निर्णय बेगर महासचिवले पत्राचार गरेको भन्दै पुन: अध्यक्षबाट अर्को पत्राचार हुने सम्भावना रहेको छ । हरेक बिहान केन्द्रबाट अर्को कुन पत्र आउँछ भनी हेर्ने अवस्था रहयो भने सो नेतृत्वले कसरी आम प्रवासीहरुको समस्या समाधान गर्ला सोचनीय विषय हो । अहिलेको विवाद भनेको केन्द्रीय विधानको परिच्छेद-७, धारा २३.११ मा तीन कार्यकाल पुरा भएको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उठ्नको लागि कम्तीमा राष्ट्रिय समन्वय परिषद् वा केन्द्रमा एक कार्यकाल काम गरिसकेको हुनु पर्ने प्रावधान रहेको हुँदा एनआरएन अमेरिकाले बिधिबत मान्यता सन् २००६ मा न्याकको रूपमा एनसिसि कार्य गरेको मितिबाट पाउने कि नपाउने भन्नेमा रहेको छ ।
दोस्रो विवाद भनेको परिच्छेद-७, धारा ३१ मा रहेको विधानको व्याख्या गर्ने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषदबाट स्थापित समितिमा अन्तर्निहित रहनेछ भनी उल्लेख भएको हुँदा कुनै पनि राष्ट्रिय समन्वय परिषदमा विवाद भएको खण्डमा सो को केन्द्रमा पत्राचार गरी प्रकृयागत ढङ्गले समाधान गर्न सकिन्छ । अहिले सम्म भएका पत्राचारहरु अमेरिकाको आसन्न निर्वाचनमा को अध्यक्षमा उम्मेदवार हुन पाउने र को नपाउने भन्ने सवालमा मात्र केन्द्रित भएको देखिन्छ । अहिले सम्म निर्वाचन समितिले आफ्नो कार्यतालिका प्रकाशन समेत नगरेको, कुनै उम्मेदवारी नपरेको, एनआरएन अमेरिका कहिले देखि कायम भएको हो भनी कार्यसमिति, निर्वाचन समिति वा न्यायिक समिति समेतले केन्द्रमा पत्राचार नगर्दै सबैले पत्राचार गर्नु भनेको उठानै नभएको विषयमा केन्द्रीय पद्धति बेगर आफूखुशी जस्लाई जे मन लाग्यो लेखि पठाउने शैलीमा चलेको देखिन्छ ।
thumbnail_Agni Chaulagain
एनआरएन अमेरिका विश्वमा सबै भन्दा बढी सदस्य सङ्ख्या भएको कारण यसबाट केन्द्रमा जाने प्रतिनिधिको सङ्ख्यासमेत उल्लेख्य रहने हुँदा आगामी चुनावलाई मध्यनजर गर्दै केन्द्रीय नेतृत्व लिने तयारीमा रहेकाबर्तमान उपाध्यक्ष कुमार पन्त र भवन भट्टको समेत अप्रत्यक्ष संलग्नता रहेको बताईन्छ । आफू निकटको उम्मेदवारलाई जिताउन सकेको खण्डमा प्रतिनिधि समेत सोही अनुकूल छनौट गर्दै केन्द्रीय नेतृत्वमा बाजी मार्ने दाउमा यस्ता पत्राचार भइरहेको बताईन्छ । यता अमेरिकाको चुनावको लागि विधानमा तोकियको मितिमा चुनाव सम्पन्न गर्न असम्भव जस्तो हुँदै जान थालेको छ भने नयाँ-नयाँ विवादका रुपहरु आउँदा मे २५ मा निर्वाचन सम्पन्न गरी विजयीहरुको सुची प्रकाशन गरी जुनबाट नयाँ समितिले कार्यभार ग्रहण गर्न नसकेमा अर्को वैधानिक सङ्कट समेत खडा हुनसक्ने देखिन्छ ।
विश्वभर रहेका ७५ एनसिसिहरु कुन कहिले स्थापना भएका हुन भनी निश्चित रूपमा केन्द्रमा अभिलेख हुनुपर्ने हो । अझ केन्द्रमा अफिस भएको, कर्मचारी भएको संस्थाले सबैको अभिलेख निश्चितरुपमा राखेको होला । नेपालभन्दा बाहिर विकाश र पद्धति देखेर गएकाहरुबाट बनेको एनआरएनको केन्द्रमा उपेन्द्र महतोको पालादेखिनै संस्थालाई निश्चित रूपमा झोले रूपमा नचलाई सही अभिलेख भएको अवस्थामा यो सतही रूपमा धेरै विवाद गर्नेभन्दा पनि अभिलेख हेरी समाधान गर्ने विषय हो । यसर्थ सतही विवाद गर्दै संस्थालाई कमजोर बनाउने भन्दा अभिलेख पद्दतिगत ढङ्गमा जाउँ, जसले संस्थाको गरिमा बढाउने छ दिन दिनै आउने व्यक्तिगत पत्राचारबाट आम समुदायमा अन्योलको वातावरण रहने छैन ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907