प्रबाशी नेपाली मंच अमेरिकाको अध्यक्षमा जनक रानाको उम्मेद्वारी

मार्च २६ आइतबार, डालस, टेक्सास। अमेरिकामा रहेका नेकपा एमाले निकट मानिने “प्रबाशी नेपाली मंच” को आगामी अधिबेशनमा टेक्सासबाट जनक रानाले उम्मेद्वारी दिनुहुने भएको छ। आज यहाँ टेम्टेसन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। डालस वरपर रहेका संस्थाका पदाधिकारी एबम सुभचिन्तकहरुको बिचमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा न्यु योर्कबाट बसाइ सरेर टेक्सास आउनुभएका पत्रकार बरिस्ठ सुर्य थापा र ओक्लाहोमाबाट बसाई सरेर डालस आउनु भएका बरिस्ठ पत्रकार रामचन्द्र भट्टलाई बुट्टे खादा ओढाएर स्वागत एबम सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्याशी जनक रानाले आफु सबै साथीहरुको सल्लाह बमोजिम उम्मेदवार बन्न लागेको बताउंदै सहमतिको लागि पहल भैरहेको र सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने स्पस्ट पार्नु भएको थियो। आफु अध्यक्ष बनेमा आफुले गर्ने कामहरुको बारे जानकारी गराउंदै आकस्मिक कोष स्थापना गर्ने, नेपालीहरुलाई दैनिक जीवनमा आइपर्ने समस्याहरुमा सहयोग गर्ने संयन्त्र बनाउने र आफ्नै अनलाइनको स्थापना गरेर सूचना सम्प्रेषणलाइ अझै प्रभावकारी बनाउने कुरा जानकारी गराउनु भएको थियो। टेक्सासमा रहेका सबै साथीहरुको आफुलाई समर्थन प्राप्त भएको र त्यो विश्वासलाइ आफुले कायम गर्ने बताउंदै रानाले टेक्सास क्षेत्रका अन्य साथीहरु संग छलफल गरेर अन्य उम्मेदवारहरु तय गरिने कुरा बताउनु भएको थियो।

कार्यक्रममा प्रबाशी नेपाली मंच टेक्सासका अध्यक्ष दिपक पाण्डे, राष्ट्रिय उपाध्यक्ष जीवन जोशी, कमल ओझा, गोकर्ण दाहाल, यमुना भट्टराई, शुशिल क्षेत्रि, चन्द्रमणि पाण्डे, चेतनारायण भट्टराई लगायतले मन्तब्य दिनु भएको थियो भने चेतनारायण भट्टराईले बरिस्ठ उपाध्यक्षमा, दिपक पाण्डेले सचिवमा, शुशिल क्षेत्रिले उपाध्यक्षमा आफु उम्मेदवार बन्ने घोषणा पनि गर्नु भएको थियो। त्यस्तै यमुना भट्टराईले पनि महिला साथीहरुको आग्रह अनुसार उम्मेदवार बन्न सक्ने तर अहिल्यै कुनै तयारी नरहेको जनाउनु भएको थियो।

अमेरिकामा नेपालीहरुका संगठन बन्ने, विस्तार हुने र फुट्ने क्रम पनि बाक्लै देखिन्छ। प्रबाशी मंचको अहिलेको अवस्था हेर्दा त्यो अबस्थामा पुगेको त देखिन्न तर व्यक्तिगत महत्वकान्क्षा र नेपालका नेताहरुसंगको संसर्गले अमेरिकामा समेत विभाजनको खाडल बढ्न सक्ने, गुटउपगुट निर्माण हुने र अस्वस्थ प्रतिस्पर्धाले संगठन कम्जोर हुन सक्ने तर्फ समयमै सचेत हुन भने जरुरी छ। कार्यक्रममा भिम कार्कीले यो संगठन एमाले पार्टी संग सम्बद्ध छ भनेर पनि स्वीकार नगर्ने तर होइन भनेर खण्डन पनि नगर्ने भएर सिधै एमालेको प्रबाशी संगठनको रुपमा प्रबाशी नेपाली मंचले काम गरेको स्पस्ट पार्नु भएको थियो।उम्मेद्वारी घोषणा कार्यक्रममा डालस क्षेत्रमा पत्रकारिता गर्ने विकास राज न्यौपाने, रामचन्द्र भट्ट, नबआगन्तुक पत्रकार सुर्य थापा लगायतको उपस्थिति थियो।

1 2 3 4

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907