नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य : उपरास्ट्रपति

काठमाडौँ, १३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको गौरवसँग जोडिएको पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्न नसकिएको उल्लेख गर्नुभयो ।

“नेपालका हरेक गाउँ, जुनसुकै ठाउँ प्राकृतिक सुन्दर र सांस्कृतिक रुपमा सम्पन्न रहेका छन् तर प्रकृतिको अनुपम उपहार र वीर पुर्खाबाट सिर्जित संस्कृतिलाई पर्यटन गन्तव्यका रुपमा रुपान्तरण गरेर नेपाललाई ठूलो पर्यटन उद्योगका रुपमा विकसित गर्न सकिरहेका छैनौँ”–उपराष्ट्रपतिले भन्नुभयो ।

नेपालको पर्यटन क्षेत्रलाई दिगो आर्थिक विकाससहित समृद्धिको आधारका रुपमा प्रस्तुत गरिँदै आएको भए पनि यो क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव रहेको भन्दै उहाँले अब पर्यटन क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न कुनै ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
1
उपराष्ट्रपति पुनले नाथमले उच्चस्तरीय शैक्षिक कार्यक्रम, सीपमूलक तालिम अध्ययन अनुसन्धानका साथै परामर्श सेवामार्फत पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा खेलिरहेको भूमिकाको प्रशंसा गर्नुहँुदै यसबाट नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण योगदान पुग्नुका साथै नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

पर्यटन तथा होटल व्यवस्थापनमा पढ्न चाहने सबै विद्यार्थीलाई सहजरुपमा पढ्ने वातावरण बनाउने मात्र नभई विदेशी विद्यार्थीले पढ्ने वातावरण बनाउनुका साथै नाथमलाई सार्कस्तरकै उत्कृष्ट संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा उपराष्ट्रपतिको जोड थियो । उपराष्ट्रपति पुनले नाथमलाई पर्यटन विश्वविद्यालय बनाउने योजनालाई समर्थन गर्दै यसको चाँडो पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले मुलुकको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिका रुपमा अघि बढाउन आवश्यक पूर्वाधार विकासमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले पर्यटन क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी पर्यटन उद्योगलाई बढावा दिन नाथमको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले पर्यटन क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न नाथमले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907