US AND NEPAL
MENU
काठमाडौँ, २५ फागुन । सोमबार सप्तरीमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), सरकारमा सहभागी नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकमा सप्तरी घटनापछिको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रेस सल्लाहकार आचार्यका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सप्तरी घटनापछि मधेसी मोर्चाको आन्दोलन र ज्ञापनपत्रबारे दुई दललाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार भएको घटनापछि मधेसमा असहज परिस्थिति सिर्जना भएको भन्दै तत्कालका लागि मेची–महाकाली अभियान स्थगित गर्न (एमाले) लाई अपिल गर्नुभएको प्रेस सल्लाहकार आचार्यले बताउनुभयो ।
सो अवसरमा नेकपा (एमाले) का नेताले सप्तरीमा गरेको कार्यक्रममा षड्यन्त्र भएको भन्दै अभियान अवधिभर सुरक्षाको माग गरेका थिए ।
बैठकमा ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री विमलेन्द्र निधि, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
आजै नेकपा एमाले नेतृत्वले प्रधानमन्त्री दाहाललाई भेटी सप्तरी घटनाबारे न्यायिक छानबिन गर्न माग गर्दै हिंसात्मक घटना हुनुमा आफ्नो पार्टीको कुनै हात नरहेको स्पष्ट पारेको छ । रासस
डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…
डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…