टेक्सास डालस स्थित इन्द्रेणी सांस्कृतिक संघले होली भव्यतासाथ मनायो
डालस, मार्च ५, आइतबार। नेपालका चाडबाड र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने एबम नेपाली नेपाली बीच प्रबासमा भाइचारा कायम गर्ने उद्देस्यले २००९ मा गठित इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ भब्य रुपमा होली सम्पन्न गरेको छ। वास्तविक होलीको तिथि आउन एक हप्ता बाँकी रहे पनि बिभिन्न प्राबिधिक समस्या र अन्य संस्थाहरुसंगका समन्वय गर्नु पर्ने बाध्यताका कारण एक आजै सो कार्यक्रम आयोजना गरेको थियो । बर्षा र प्रतिकुल मौसमका बाबजुद राम्रै उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा प्रसाद भुसालले उपस्थित सबैलाई स्वागत एबम धन्यवाद दिनुभएको थियो भने पण्डित रामचन्द्र पाण्डेले मंगल मन्तर पाठन गरेर होलीको औपचारीक शुरुवात गर्नु भएको थियो।
कार्यक्रम १२ देखि ६ बजे सम्म भनिए पनि प्रतिकुल मौसमका कारण निकै ढिलो सम्म सहभागीहरु आउने क्रम जारी थियो।उक्त अबसरमा बिभिन्न खेलकुद समेत संचालन गरिएको थियो। अप्रतियोगी भलिबल प्रतियोगिता, बिङ्गो, घैंटो फुटाउने खेल, चम्चा दौड, डोरी तान्ने खेल लगायत खेलहरु संचालन गरिएको थियो भने इन्द्रेणी सांस्कृतिक संघका सदाबहार कलाकारहरुले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरेका थिए। डिजे मोमोको सुमधुर संगीतमा सहभागीहरुले रमाइलो नृत्यमा झुमेका थिए।
आउनुहोस सो अबसरमा लिइएका केहि तस्विरहरु अबलोकन गरौं :