“अमेरिकाका रक्तदाताहरु” (बिडिए) ले च्याप्टर पद हस्तान्तरण कार्यक्रम गर्ने
डालस, फेब्रुअरी २, बिहिबार । अमेरिकामा रहेका नेपालीहरुको रक्तदान गर्नेहरुको संगठन “अमेरिकाका रक्तदाताहरु” ले आउँदो शनिबार टेक्सासमा गठन भएको च्याप्टरको पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । “रगत दान द्वारा समाजसम्म घुलमिल” नारा साथ गठन भएको “अमेरिकी रक्तदाताहरु” को यो संगठनको यो कार्यक्रम नेपालीहरुको आस्थाको केन्द्र श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा रहेको सभा हलमा सम्पन्न हुनेछ । हाल टेक्सास च्याप्टरका संयोजक बासु श्रेष्ठ हुनुहुन्छ भने अब उक्त स्थानमा शिव काफ्लेले पदस्थापन गर्दै हुनुहुन्छ । पद हस्तान्तरण कार्यक्रम दिउसो दुइ तीस देखि शुरु भएर ४ बजे समापन हुनेछ ।
अमेरिकामा रहेका धेरै संस्थाहरुमध्ये यो संस्था नारामा मात्र होइन बास्तविक रुपमै समाजसेवा, मानव सेवा र गैर राजनीतिक संगठन हो । यो संस्थाका प्रमुख डाक्टर नन्द रेग्मी हुनुहुन्छ । यसका अहिले सम्म तीन सय भन्दा बढी सदस्य हुनुहुन्छ भने अमेरिकाका पचास वटै राज्यहरुमा संयोजक तोकिएको छ भने सदस्य बिस्तार पनि जारी छ ।