टेक्सासबाट गौरी जोशी एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्वारी: राम पोखरेलको चुनौती कायमै

फेब्रुअरी २६, आइतबार, डालस, टेक्सास। यो हप्ता व्यस्त तरिकाले बित्यो। शनिबारको दिन डालसमा बस्ने नेपालीहरुको आस्था र मिलनको केन्द्र पशुपतिनाथ तथा बुद्ध मन्दिरको उद्घाटन भयो। दिनभर त्यसैमा बित्यो। आइतबार फेरी अर्को महत्वपूर्ण कार्यक्रम थियो। समाजसेवी गौरी राज जोशीको उम्मेद्वारी घोषणा कार्यक्रम। एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम। एक्लै, दुइजना, तीन जना गर्दै सबैले थाहा पाउन पुगेको जोशीको उम्मेद्वारीलाइ पक्का बनाउनको लागि आज उक्त पत्रकार सम्मेलन भनिएको तर सारमा समुदायलाई जानकारी गराउने कार्यक्रम थियो।

 

पत्रकार सम्मेलन ३ बजे गर्ने भनिए पनि डालसबाट अध्यक्ष पदका दुइजना दावेदारहरुको कोठे बैठकले समयमा कार्यक्रम शुरु हुन सकेन। कार्यक्रम हल संगैको नेपाली समाज टेक्सासको कार्यालयमा उम्मेद्वारहरु र समाजका नेताहरुको कानेखुसी चलेको थियो। तर उम्मेदवार राम पोखरेलको आक्रोश बाहिर प्रस्टै सुनिन्थ्यो। लामो समय सम्म मौन बसेका राम पोख्रेल अघिल्लो हप्ता मात्र मैदानमा आएका थिए। डालसबाट एउटै उम्मेदवार हुनु पर्छ भन्ने बलियो अभिमत भएको अबस्थामा र घोषणा गरिसकेपछि फिर्ता गर्न हुनसक्ने सकसको भाव उहाँमा प्रस्ट देखिन्थ्यो। “गौरीजीले अघि बढ्नुस भने पछि म अघि बढें तर उहाँले मलाई धोका दिनु भयो” पोख्रेल भन्दै थिए। एकछिनको चर्काचर्की पछि पोख्रेल बाटो लागे र गौरी हलमा उम्मेदवार घोषणा गर्न आइपुगे।

कार्यक्रमको शुरु बासु भण्डारीले गर्नु भएको थियो। उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएन अमेरिका टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, समाजसेवी मुरली अधिकारी र नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले शुभकामना दिनु भएको थियो भने टेक्सासको उम्मेदवार एउटा हुनु पर्ने र आफु भन्दा योग्य र जित्ने क्षमता राख्ने उम्मेदवारलाइ अर्को उम्मेदवारले बाटो खुल्ला गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। त्यस पछि अध्यक्ष उम्मेदवार गौरी राज जोशीले लिखित मन्तब्य पढेर सुनाउनु भएको थियो भने अन्तिममा पत्रकार र अन्य उपस्थितहरुको प्रस्नको जवाफ दिएका थिए ।
सेवा, सहयोग र एकता
लिखित मन्तब्यमा उम्मेदवार गौरी राज जोशीले आफ्नो उम्मेदवारीको तीन खम्बाहरु सेवा, सहयोग र एकताको ब्याख्या गरेका थिए । आफु कुरा गर्न होइन काम गर्न उम्मेदवार भएको प्रस्ट पार्दै जोशीले आफु भन्दा योग्य उम्मेदवार आएको अबस्थामा आफुले बलिदान गर्न तयार रहेको प्रस्ट पारेका थिए। “अहिले अमेरिकामा बस्ने नेपालीहरुलाई नै एनआरएन को सहयोगको खाँचो छ। मेरो उद्देस्य अमेरिकामा बस्ने नेपालीहरुको लागि काम गर्नु हुनेछ। त्यसपछि मात्र नेपालको बारेमा सोंच्न सकिन्छ”, जोशीले ब्यक्त गरे। “राजनीति सबैले गर्ने भए पनि एनआरएनलाइ राजनीति बाट मुक्त गर्न सबैलाई काममा ब्यस्त बनाउने काम गर्छु जसले गर्दा उनीहरुलाई राजनीति गर्ने समय नै नहोस”। कसरी व्यस्त गर्ने भन्ने स्पस्ट योजना प्रस्तुत नगरिकन जोशीले राजनीतिको खिचातानी र नेपालको राजनीतिक पार्टीहरुको एनआरएनमा हुने संलग्नता र त्यसलाई रोक्न तपाईंसंग कस्तो कार्यक्रम छ भन्ने प्रस्नको उत्तरमा उक्त कुरा व्यक्त गरे।

“मैले स्थानीय संघ संस्थाहरुसंग मिलेर काम गर्नेछु र डालसमा जस्तै अमेरिकाका ठुला साना सहरहरुमा मन्दिर, सामुदायिक केन्द्र र स्कुलहरु निर्माणमा नेतृत्व गर्छु। म संग कला छैन तर काम गर्ने भने उच्च कला छ”, जोशीले भने।

डालसको नेपाली समाजमा गौरी जोशी एक उज्यालो नाम हो। वास्तिका इंकका मालिक जोशीले यहि कम्पनि मार्फत थुप्रै नेपालीहरुलाई राम्रो कमाइ हुने जागिर लगाउने काम गरेका छन्। सानो तिनो जागिरमा चित्त बुझाउन बाध्य अर्ध दक्ष नेपालीहरुलाई अस्थायी जागिर मिलाई दिएर एक हदसम्मको समाज सेवा गरेका छन्। डालसमा शनिबार मात्र उद्घाटन गरिएको पशुपतिनाथ तथा बुद्ध मन्दिरको निर्माण गर्ने पहिलो निर्णय पनि नेपाली समाज टेक्सासको अध्यक्ष हुँदा उनकै पालामा गरिएको थियो। आम फाउन्डेसन मार्फत नेपालमा थुप्रै परोपकारी काम गरेका जोशी नेपालमा गएको विनासकारी भूकम्पको बेला नेपाल मै पुगेर सहयोग गरेका थिए।

मैले बोल्न जान्दिन, काम गर्न जानेको छु भन्ने गरेका गौरी जोशीको यो घोषणा सभा सकिए पछि पनि धेरैमा रहेको कौतुहलता सकिएन। पत्रकारहरुले अलि स्पस्ट रुपमा जान्न चाहेका कुराहरु पनि लटरपटर जवाफले चित्त बुझाउनु परेको थियो। योग्यता र क्षमता हुँदा हुँदै पनि ति कुराहरुलाई गर्विलो ढंगले प्रस्तुत गर्न नसक्दा उपस्थित व्यक्तिहरुले “हिस्स बुढी किच्च दांत ” महशुश गरेका थिए। अर्का उम्मेदवार राम पोखरेललाई पनि विश्वासमा लिएर जानु पर्ने चुनौती श्री जोशीलाई रहेको अबस्थामा उहाँको बोल्ने होइन काम गर्ने कला थाहा पाएका टेक्सासबासीहरु भने भोलिको अमेरिकाको एनआरएनको नेतृत्व टेक्सास मै आउने कुरामा ढुक्क देखिन्छन।

gg1 g2 g3 g4 g5 g6 g7 g8

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907