टेक्सासको डालसमा पशुपतिनाथ तथा बुद्ध मन्दिरको भब्य उदघाटन

फेब्रुअरी २५, शनिबार। अमेरिकाको दोश्रो ठुलो राज्य टेक्सासको डालस फोर्ट वर्थ एरियामा स्थित अर्भिंग सिटिमा आज एक भब्य समारोहका बीच नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र द्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको समुद्घाटन सम्पन्न भयो। मन्दिर नजिकै रहेको फन एसियाको पार्किङ्ग देखि शुरु भएको पदयात्रा पन्चे बाजा, धिमे बाजा र अन्य झाँकी सहित सयौंको संख्यामा उपस्थित भक्तजनहरुको सहभागिता थियो। पदयात्रा शुरु हुनु अघि मन्दिरका पुजारी ज्युहरुबाट पबित्र वेदमन्त्र उच्चारण गरिएको थियो। नेपाली पोशाकमा सजिसजाउ सयौं नेपाली श्रद्धालु भक्तजनहरुले करिब ४ सय मिटरको पदयात्रा १५ मिनेटमा सम्पन्न गरेका थिए। पदयात्रा पछि मन्दिरको प्रवेशद्वारमा रहेको रिबन संयुक्त रुपमा काटेर मन्दिर उद्घाटन गर्दै मन्दिरभित्र प्रवेश गरिएको थियो।

मन्दिर भित्रको करिब २००० बर्ग फिटको हलमा कुर्चीहरु राखिएका थिए भने अग्रभागमा सानो मंच बनाइएको थियो । सामान्य चिया चमेना पछि कार्यक्रम औपचारिक रुपमा शुरु भयो। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका महासचिव सुरेश पोख्रेलले कार्यक्रम प्रभावकारी रुपमा संचालन गरे। धेरै बोल्नेहरुको माइक खोस्न नसके पनि समयको पावन्दीलाइ विचार गर्न उनले बक्ताहरुलाइ लगातार दवाव दिइरहे। कार्यक्रममा सभापतिको आसनबाट एनसीएससीका अध्यक्ष रमेस पोख्रेलले मन्दिरको सुचारु संचालनमा आगामी दिनमा सहयोगको अपेक्षा राख्दै आजसम्मको सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिनु भएको थियो। उक्त अबसरमा बाल जोशी र स्वयम्भु शाक्यद्वारा मन्दिर, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको इति वृतान्त समेटिएको आधा घण्टा लामो वृत्तचित्र देखाइएको थियो।उद्घाटन कार्यक्रममा मन्दिर निर्माणमा आफ्नो तन, मन र धनले सहयोग मात्र होइन लामो समय देखि नेतृत्व प्रदान गर्दै आउनु भएका बोर्ड अफ ट्रस्टिका पुर्ब अध्यक्ष डाक्टर मुरली अधिकारीलाई बिशेष सम्मान गरिएको थियो। त्यस्तै मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने चन्दादाता, बोर्ड अफ ट्रस्टिका सदस्यहरु, आजीवन सदस्यहरुलाई समेत दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा उपस्थितहरुलाई बोर्ड अफ ट्रस्टिका अध्यक्ष युवा बिनय अर्यालले स्वागत गर्नु भएको थियो भने अर्का युवा मनोज सिग्देलले मन्दिर निर्माण गर्ने अभियानको प्रारम्भ देखिको हिसाब किताब मोटामोटी रुपमा प्रस्तुत गर्दै आगामी मार्च १५ सम्ममा मन्दिरसंग दुइ लाख चालिस हजार डलर जम्मा हुने जानकारी गराउनु भएको थियो।

डालसको नेपाली समाजमा अत्यन्त सक्रिय संस्था नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले मन्दिर निर्माण, समर क्याम्प, स्कुल र अन्य सामुदायिक क्रियाकलापहरुको बिबेचना गर्दै धर्म, संस्कृति र भाषाको रक्षा गर्न भावी पुस्तालाई मन्दिर र स्कुलको आबस्यकता रहेको व्यक्त गर्दै यस्ता गहन र महत्वपूर्ण कुराहरुमा समुदायका सदस्यहरुको उदासीनता दुखको कुरा भएको दुखेसो पोख्नु भएको थियो । हामीले यहाँ दिनरात नभनी स्कुल खोलेर बसेका छौं तर हज्जारौं नेपाली रहेको यो ठाउँमा बिद्यार्थी भने कम हुनु चिन्ताको बिषय भएको र त्यस्तो मानसिकताले मन्दिर निर्माणको उद्देस्य पुरा हुन नसक्ने स्पस्ट पार्नु भएको थियो । नेपाली समाज टेक्सासका पुर्ब अध्यक्षहरु डाक्टर प्रेम अधिकारी, राम सी पोख्रेल र गौरी राज जोशीले मन्दिर निर्माणको क्रममा आफ्नो कार्यकालमा भएका गतिविधिको चर्चा गर्नु भएको थियो। कार्यक्रमका अर्का बक्ता वासुदेव भण्डारी हुनुहुन्थ्यो।

कार्यक्रममा मन्दिरमा नियमित पुजामा संलग्न गुरुहरुको तर्फबाट पण्डित डाक्टर शेखर पण्डितले मन्दिर स्थापनाका शुरुका दिनहरुको सम्झना गर्दै यो अबस्थामा मन्दिर आउँदा आफुलाई हर्षको अनुभूति भएको बताउनु भएको थियो। मन्दिरमा कार्यरत अन्य पुजारीहरुको योगदानको कदर र सम्मान स्वरुप उहाँहरुको नाम लिन भने संचालकहरुले भुलेको होकी भन्ने महशुश गरिएको थियो। कार्यक्रम अबधिभर मन्दिर भित्रै बनाइएको नेपाली मिठो चिया उपलब्ध थियो भने कार्यक्रम समाप्ति पश्चात उपस्थित भक्तजनहरुलाई मिठो भोजन गराइएको थियो। कार्यक्रम भव्य, सभ्य र उल्लासपुर्बक सम्पन्न भयो ।

qpi375

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907