रास्ट्रपति दिवस: “मेरो रास्ट्रपति होइन” देखि बेलायत प्रबेशमा रोक लगाउने बिषयसम्म
आज फेब्रुअरी २०, सोमबार हो । अर्थात् फेब्रुअरी महिनाको तेश्रो सोमबार । यो दिनलाई रास्ट्रपति दिनको रुपमा १८७९ देखि शुरु गरिएको थियो । तत्कालिन कांग्रेसले वाशिंटन डिसीको लागि मात्र बिदा घोषणा त्यति बेला गरे पनि १८८५ मा त्यो राष्ट्रब्यापी गरियो र अमेरिकाभर समय क्रममा राष्ट्रको लागि योगदान दिने रास्ट्रपतिहरुको सम्मानमा रास्ट्रपति दिवस मनाउन थालियो । जर्ज वाशिंटनको सम्मानको लागि शुरु गरिएको उक्त दिवस शुरुमा उनको जन्म दिन फेब्रुअरी २२ मा मनाउने गरिन्थ्यो । पछि एकजना रास्ट्रपति बिशेषको लागि भन्दा पनि रास्ट्रपतिको पदको लागि दिवस मनाउने अबधारणा अघि सारियो । फेब्रुअरी २२ मा नमनाएर फेब्रुअरी महिनाको तेश्रो सोमबार मनाउने निर्णय १९७१ देखि शुरु गरियो । अमेरिकाका पहिलो रास्ट्रपति जर्ज वाशिंगटनको जन्म फेब्रुअरी २२, १७३२ मा भएको थियो ।
त्यसो त अमेरिकाका बिभिन्न राज्यहरुले फरक दिनहरुमा आफ्नै तरिकाले रास्ट्रपति दिवस पनि मनाउने गर्छन । तर आज सबै राज्यहरुले एकरुपमा आफ्ना रास्ट्रपतिहरुको सम्मान गर्ने दिन हो । तर वर्तमान रास्ट्रपति डोनाल्ड ट्रंपले भने फरक यथार्थको बोध गर्दैछन । “मेरो रास्ट्रपति होइन” भन्ने प्लेकार्ड बोकेर नारा लगाउंदै अमेरिकाका थुप्रै शहरहरुमा जुलुश भैरहेको छ । न्यु योर्क देखि सियाटलसम्म मानिसहरु आफ्नो असन्तुस्टी जनाउन सडकमा छन् । रास्ट्रपति ट्रंपका अभिव्यक्ति र गतिबिधि सम्मान गर्न लायक छैनन् भन्ने उनीहरुको धारणा छ । महिलाहरु प्रतिको उनको भनाइ र क्रियाकलाप, आप्रबासीप्रतिको उनको क्रुद्ध प्रतिक्रिया र गतिबिधि, मुस्लिम समुदाय प्रतिको उनको भनाइ र क्रियाकलाप उदण्ड प्रकृतिका देखिएको अबस्थामा सबैले आफ्नो रास्ट्रपतिको रुपमा स्वीकार गर्न नसकेको देखिन्छ । कसैले पनि शत प्रतिशत मत ल्याएर चुनाव जित्न सम्भव नभए पनि चुनावमा जितेपछि सबैको हुने प्रयत्न भने गर्नु पर्छ । जसमा ट्रंप असफल भएका छन् ।
अमेरिकाको लागि अर्को लाजमर्दो अवस्था बेलायतको घटनाले सिर्जना गरेको छ । आज बेलायतको संसदमा रास्ट्रपति ट्रंपलाइ बेलायतमा स्वागत गर्ने कि नगर्ने भन्नेमा छलफल गरिएको छ । अमेरिका र बेलायत अन्तररास्ट्रिय गतिविधिहरुमा जहिले पनि एउटै स्वरले धारणा राख्ने सहयोगी देशहरु हुन् । भाषा, धर्म र संस्कृति मात्र होइन जनस्तरमा पनि बेलायत र अमेरिकाको निकटतम सम्बन्ध छ । तर ट्रंपको मामिलाले अमेरिका र बेलायतको सम्बन्ध समेत धरापमा परेको छ
। एउटा देशको संसदमा अर्को देशको बारेमा छलफल हुनु नै पनि अनाबस्यक हुने परिप्रेक्षमा बेलायत आउन गरिएको निम्तो खारेज गर्ने बिषयमा भएको छलफलको क्रममा सांसदहरुले ब्यक्त गरेका चासोले अमेरिकीहरुको लाजले शिर निहुरेको हुनुपर्छ । छलफलमा सहभागीहरुले उनको चरित्रको चर्को आलोचना गर्दै यस्तो व्यक्तिलाई महारानी संग भेट गर्न दिनु महारानीको अपमान भएको भन्दै हतारमा निर्णय गरेको भन्दै प्रधानमन्त्री थेरेसा मेको आलोचना गरेका छन् ।
बेलायतमा यदि एकलाख भन्दा बढी जनताले कुनै बिषयमा संसदमा छलफल होस् भनेर हस्ताक्षर गरेर बुझाए भने त्यस बिषयमा छलफल गर्ने प्राबधान छ । “ट्रंपलाइ बेलायत प्रवेशमा रोक लगाउ” भन्ने बिषयमा मागिएको अनलाइन हस्ताक्षर अभियानमा २० लाख भन्दा बढीले हस्ताक्षर गरेका थिए भने उक्त बिषयमा संसदमा छलफल चलिरहँदा संसद भवन बाहिर दवाव स्वरुप प्रदर्शन गरिएको थियो ।
रास्ट्रपतिको रुपमा सपथ लिएको एक महिना बित्न नपाउंदै ट्रंपले संसारभर सन्त्रास र अमेरिकाभर चिन्ता फैलाउन सफल भएका छन् । हेरौं आगामी ४ बर्षे रोलर कोस्टर यात्रा अमेरिका र अमेरिकी जनताको लागि र बिस्व कै लागि कति महँगो पर्ने हो । (लेखनाथ गौतमद्वारा तयार गरिएको रिपोर्ट)