US AND NEPAL
MENU
ह्याम्प्टन कोर्नर्स (न्युयोर्क), ६ फागुन । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् ।
कारण जति बढी हिउँ प¥यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम गरे बापत आफ्नो खल्ती पनि टनाटन नगदले भरिन्छ ।
बाक्लो हिउँ परेपछि सडक यातायात अवरुद्ध हुने र यस्तो अवस्थामा हिउँले ढाकेको ठाउँभरी रोड सल्ट छर्नु नै तत्काल हिउँ पगाली यातायात खुलाउने सजिलो र कम खर्चिलो उपाय हो ।
यसैले गर्दा हिउँ पर्नासाथ स्थानीय नगरपालिकाले नून आपूर्ति गर्न खानीवालालाई ठूलो परिमाणमा अर्डर गर्छन् । अनि सुरु हुन्छ खानीका मजदूरहरुको हर्ष र फूर्ति ।
न्युयोर्क राज्यको माथिल्लो खण्डमा अवस्थित अमेरिकन रक सल्ट कम्पनीको जगजगी यस वर्ष निकै माथि उठ्यो ।
यस कम्पनीले, परापूर्व कालमा समुद्र रहेको तर अन्दाजी चालीस करोड वर्ष अघि सो समुद्र सुकेर लवण मरुभूमिमा परिणत भएको क्षेत्रमा सरकारी स्वीकृति प्राप्त गरी नून उत्खनन् तथा उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ ।
नून उत्खनन् गर्दा हिजोआज यो क्षेत्र यति गहिरो भएर गएको छ कि हाल यसको गहिराई इम्पायर स्टेट बिल्डिङ्को उचाई बराबर छ ।
यस खानीको वार्षिक औसत ४३ लाख टनसम्म नून प्रसोधन र उत्पादन गर्ने क्षमता रहेकामा गत बर्ष त्यत्तिबिध्न हिउँ नपरेकाले कम परिमाणमा मात्र उत्पादन ग¥्यो । तर, यस वर्ष यस कम्पनीलाई कामको मारामार चाप परेको छ ।
अमेरिकाको कतिपय ठाउँमा अझै हिउँ पग्लि नसकेकाले नूनको बढ्दो माग निरन्तर चलिरहेको छ र यहाँ कामगर्ने मजदूर पनि दङ्गदास छन् । तीनसय पचास जना मजदूर कार्यरत यस कम्पनीमा काममा व्यस्त रहनुपर्ने एउटा हिउँद ऋतुभरी प्रति ब्यक्ति औसत कमाइ पनि असी हजार अमेरिकी डलरभन्दा बढी नै रहने गरेको बताइन्छ । रासस÷एपी
डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…
डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…