US AND NEPAL
MENU
वासिङटन (अमेरिका), ६ फागुन । अमेरिकी नौसेनाका पूर्वप्रमुख रोवर्ट हावार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने भनी गरेको घोषणालाई अस्वीकार गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
हावार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो । फ्लिनले अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्ध लगायतका प्रकरणमा राजीनामा दिनुभएको थियो ।
हावार्डले आफ्नो पारिवारिक र वित्तीय प्रतिबद्धतालाई कारण देखाउँदै उक्त पद अस्वीकार गर्नुभएको हो ।
यद्यपि अमेरिकी टेलिभिजन सीएनएन र पोलिटिकोले बिहीबार यसबारे समाचार दिँदै नियुक्तिप्रति हावार्ड बेखुशी हुनाको कारण अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्भन्दा ट्रम्पका राजनीतिक सल्लाहकारहरु नीति निर्माणमा हाबी हुनसक्ने देखेपछि पद अस्वीकार गरेको जनाएका थिए ।
सीएनएनको विज्ञप्तिमा हावार्डले राजनीतिक सल्लाहकारको हाबी हुने देखिएपछि पद नस्वीकारेको जनाएको बताइएको छ । रासस÷एएफपी
डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…
डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…
युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल…
डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको…
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो।…
डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं…
काठमाडौं । फागुन २९ गते प्रदर्शनमा आउने मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘अञ्जिला’मा रहने बिषयगत शिर्ष गीतका लागि निमार्ण टिमले…