धाविका मिरा राईलाई नेपाल सरकारले सम्मान गर्ने
काठमाडौँ, ५ फागुन । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो ।
राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।
भोजपुरकी राई किशोर उमेरमा सशस्त्र युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै ‘पिएलए स्पोर्टस क्लब’ देखि खेल जीवन सुरु गर्नुभएकी राईलाई अयोग्य लडाकु घोषणा गरिएको थियो ।
अर्थाभावका कारण मलेसिया जान राहदानीसमेत तयार पार्नुभएकी राईलाई बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काउनुभएको थियो । राई गत वर्ष फ्रान्समा सम्पन्न ८० किमी विश्व म्याराथनमा १७ वर्षअघिदेखिका विश्वविजेतालाई पछि पार्दै च्याम्पियन बन्नुभएको थियो । सरकारले आफूहरुलाई सम्मान गर्न लागेको जानकारी प्राप्त भएकामा खुसी व्यक्त गर्दै प्रशिक्षक मल्लले राष्ट्रका लागि पु¥याइएको योगदानको कुनै न कुनै बेला स्म्मान हुने बताउनुभयो । रासस