डिसीमा बिहिबार “आप्रबासी बिनाको दिन” र मार्च ८ मा अमेरिकाभर “महिला बिनाको एक दिन” आयोजना हुँदै
फेब्रुअरी १५, वाशिंगटन डिसी। वर्तमान अमेरिकी रास्ट्रपति र प्रशासनले लिएको नीतिले अमेरिकाको आगामी दिन कस्टकर हुँदै जाने खतरा देखिएको छ। बिशेष गरी आप्रबासी माथि यो प्रशासनले असहिष्णु नीति लिन्छ भन्ने त्रासका कारण आप्रबासीहरुमा खैलाबैला मच्चिएको छ भने ट्रंपको महिला प्रतिको बोली र ब्यबहारले महिलाहरुले पनि आफुलाई अपमानित गरेका छन्। त्यसैको फलस्वरूप ट्रंप रास्ट्रपति भएको दिन र अर्को दिन समेत उनि बिरुद्ध प्रदर्शन भए भने अहिले पनि बिभिन्न तरिकाले महिलाहरुले बिरोध जनाउने क्रम जारी राखेका छन्।
यसै बीच आगामी मार्च ८ गते अन्तररास्ट्रिय महिला दिवसको दिन महिलाहरुले आम हड्ताल गर्ने भएका छन्। लामो समय सम्म आम हड्ताल व्यहोर्नु नपरेका अमेरिकीहरुले मार्च ८ मा त्यस्तो अप्ठेरो स्थितिको सामना गर्नु पर्ने भएको छ। तर उक्त दिन महिलाहरुले मात्र हड्ताल गर्ने छन्। “महिला बिनाको एक दिन” भनिएको उक्त दिन महिलाहरु सडकमा उत्रिनेछन। “हाम्रो प्रेम र सद्भावको सिपाहीहरुले डर, त्रास र घृणाका सेनाहरुलाई परास्त गर्नेछन्”, मार्च ८ को कार्यक्रमका आयोजकहरुले भनेका छन्।
त्यस्तै भोलि अर्थात् फेब्रुअरी १६ बिहिबार डिसी क्षेत्रका आप्रबासीहरुले काम बन्द गर्ने छन्। “आप्रबासी बिनाको दिन” नामक उक्त अभियान कुनै संगठनको आह्वानमा नभएर स्वतस्फुर्त हुन लागेको छ। सो कार्यक्रम अन्तर्गत होटेल र स्कुलहरु बन्द गर्ने तयारी गरिएको छ र यदि स्कुल बन्द भएन भने बिद्यार्थीहरु क्लास छोड्ने अवस्था आउन सक्ने हुनाले सो को समेत स्कुलहरुले तयारी गरेका छन्। यो कार्यक्रमको उद्देश्य भद्र र शालीन रुपमा अमेरिकी समाजमा आप्रबासीहरुको महत्व कति छ भन्ने बुझाउनु रहेको छ। सामाजिक संजाल र व्यक्ति व्यक्तिबाट प्रचार गरिएको यो कार्यक्रमले कसैसंग जुध्न होइन सबै मिलेर जानु पर्छ भन्ने संदेश दिने अपेक्षा गरिएको छ। आप्रबासी बाहुल्य भएका चार्टर स्कुल बन्द गरिने भएका छन् भने रेस्टुरेन्टहरु समेत बन्द हुनेछन।