पत्रकार बिकाउ हुनुहुन्न: उत्तम लामिछाने (अध्यक्ष एनआरएन अमेरिका टेक्सास च्याप्टर)
कुनै पनि पत्रकार मित्रहरु कलाकार नबनुन न बिकाउ नै l सानै देखि नै लेख रचना प्रती बिशेष रुचि भएर हो की किन हो अथवा आफु पत्रकार बन्न लेखन शैली मा शब्द चयन को तारतम्य मिलाउन नसकेर हो पत्रकारहरु प्रती अगाध आदर सन्मान गर्न मन लाग्छ l हुन पनि एउटा पत्रकार आफ्नो जीवनको पर्वाह नगरी कठिन भन्दा कठिन परीस्थिती प्रती लेख्न रुचाउछ l यदाकदा देखिएका ब्यबसायिक पत्रकार बाहेक अन्य का लागि पारिवारिक दायित्व ब्यबसायिक व्यस्तताबाट बाँकी रहेको केहि समय परिवारलाई समेत नदिइ जोगाइ समाजलाइ सुसुचित गराउन लेख्न बस्नु साच्चै नै एउटा समाज सेवी को भन्दा पनि उत्कृष्ट हुन्छ l
सकारात्मक सोच नै सामाजिक उत्थानको दर्बिलो खम्वा हो त्यसैले अक्षर रुपी बाण छोड्नु अगाडी एक पटक सोचुन कतै त्यो बाण बाट निरही नीकसुर व्यक्तिमा गहिरो आघात नपरोस l कसैलाई अनाबस्यक आलोचना गर्दा आफै आलोचित हुने अवस्था नआओस l सधै आदरणीय रहुन न की पसल मा राखेका सामान जस्तै बीकाउ l न त मन्चमा मन्चन गर्न जादै गरेका कलाकार जस्तै l