लहरो तान्दा पहरो थर्किने :ट्रंप प्रशासन अरु फस्ने खतरा
फेब्रुअरी १४, वाशिंटन डिसी । सोमबार मात्र रास्ट्रपति ट्रंपका सुरक्षा सल्लाहकारले रसियन राजदुत संग कुरा गरेको र उक्त कुराकानीमा के कुरा भएको थियो भनेर ढांटे पछि राजिनामा दिन बाध्य भएका थिए । त्यसको २४ घण्टा नबित्दै न्यु योर्क टाइम्सले फेरी अर्को सनसनीपूर्ण समाचार प्रकाशन गरेको छ । आज अमेरिकाको पुर्बी तटको समय अनुसार साढे नौ बजे प्रकाशित उक्त समाचारमा ट्रंपको चुनाबी अभियानका कर्मचारी र अन्य सहयोगी बीच रसियाका गुप्तचरहरुसंग चुनाबी अभियानको क्रममा नियमित सम्पर्क हुने गरेको जनाइएको छ । ट्रंपका सहयोगी र रसियन गुप्तचरहरु बीच भएको टेलिफोन बार्ताको रेकर्ड अनुसार त्यस्तो कुराकानी हुने गरेको कुरा ४ जना वर्तमान र भुतपुर्ब अमेरिकी सरकारी कर्मचारीले बताएका छन् ।
उक्त जानकारी अमेरिकी कर्मचारी र गुप्तचर संस्थाहरुले त्यति बेला पाएका थिए जति बेला रसियाले डेमोक्र्याटिक पार्टीको सर्भर ह्याक गरेर अमेरिकाको चुनाव प्रभावित पार्ने काम गर्दै थिए । उनीहरुले त्यो बेलामा ट्रंपका सहयोगीहरुले व्यक्तिगत रुपमा त्यसो गर्दै छन् वा ट्रंप क्याम्प नै त्यसमा लागेको छ भनेर पत्ता लगाउन खोजेका थिए । तर पछिल्ला अन्तर्बार्ताहरुमा उनीहरुले त्यस्तो प्रमाण भने फेला नपरेको जनाएका छन् । तर त्यतिबेला ट्रंपले रसियाले हिलारी क्लिन्टनका इमेल चोरेर सार्बजनिक गरोस भनेर आशा गरेको छु भनेर सार्बजनिक गरेको अभिव्यक्तिले रसिया संग ट्रंपको केहि न केहि सम्बन्ध हुन सक्छ भनेर शंका गरेका थिए। त्यसरी कुरा गर्नेमा गतबर्ष ट्रंपको चुनावी अभियानका प्रमुख पल मानाफोर्ट एक थिए । त्यसबाहेक अरु को को थिए भन्ने कुरा ती कर्मचारीहरुले भन्न चाहेनन्। न्यु योर्क टाइम्सले उल्लेख गरेको छ।
यो बिषयमा एफबिआइ र अमेरिकी सुरक्षा अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्। सो क्रममा धेरैसंग सोधपुछ गरिएको छ र कतिपयका खाता रोक्का समेत गरिएको छ। माइकल फ्लिनको राजिनामा बाट लागेको आगो छिट्टै निभ्ने सम्भावना देखिन्न। यो केसको प्रकृति र ट्रंप प्रशासनको प्रवृति देख्दा यो काण्ड व्हाइट हाउससम्मै पुग्यो भने पनि आस्चर्य हुनेछैन। लहरो तान्दा पहरो थर्किने र त्यसले कोकसलाई निशाना बनाउन सक्छ भनेर अहिले नै अड्कल भने गर्न गाह्रो छ।