नेपालको संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना: मन्त्री डा महत

काठमाडौँ, ३ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताउनुभएको छ ।

बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा आज ब्रसेल्समा आयोजित ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रुपान्तरण’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो– “नेपालले शान्तिवार्ताबाट द्वन्द्वको समाधान गरी संविधान सभाबाटै निर्माण गरेको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको छ ।”

मन्त्री डा महतले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी संसारममा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ, संविधानमा नै देशको संसद्मा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ ।”

त्यसैगरी राज्यका विभिन्न अङ्गमा समावेशिताका आधारमा सबै वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गराउने गरेका छौँ, मन्त्री डा महतले राज्यका नीतिमा नै समाजमा पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू तथा अल्पसङ्ख्यकको हित प्रवद्र्धनको व्यवस्था गरिएको र यस्ता समुदायको आधिकारको रक्षा गरी उनीहरुको उत्थानका लागि अलग्गै संवैधानिक आयोगको पनि गठन गरिएको छ भन्नुभयो ।

1

उहाँले भन्नुभयो– “हाल नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र संसद्को सभामुखमा महिला रहनुभएको छ, नेपालको इतिहासमा राज्यका यी महत्वपूर्ण निकायमा यसरी महिलाको नेतृत्व प्राप्त भएको यो पहिलो घटना हो ।

मन्त्री डा महतले नेपालको इतिहासमा यो अवधिमा देशका नीतिनिर्माण लगायतका विभिन्न तहमा महिलाको प्रतिनिधित्वमा वृद्धि भइरहेको बताउँदै समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तीकरणका लागि आवश्यक नीति र कार्यक्रमको निर्माण गरेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल सधैँ शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रही हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मान गरेको बताउँदै उहाँले भन्नुभयो–“नेपालको संविधानले प्रजातान्त्रिक मूल्य मान्यताका आधारमा नागरिक अधिकार, मौलिक हक, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र कानुनको शासनजस्ता विषयलाई प्रस्तावना तथा मौलिक हकअन्तर्गत नै राखेको छ ।”

मन्त्री डा महतले नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने बताउँदै संविधान कार्यान्वयनसंगै मुलुकको दिगो विकास र देशले लिएको समावेशी एवम् सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सधैँ शान्तिपूर्ण सहअस्तित्व, समावेशीता तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ, उहाँले भन्नुभयो– “प्रजातन्त्र, कानुनी शासन, बहुलवाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास छ ।”

मन्त्री डा महतले नेपालको संविधान समावेशी र उत्कृष्ट हँुदाहँुदै पनि यसप्रति देखापरिरहेका असन्तुष्टिको सम्बोधन सरकारले गर्ने बताउँदै यी असन्तुष्टिलाई पनि यथोचित रुपमा सम्बोधन गरी आगामी निर्वाचनमा जाने तयारी सरकारको छ भन्नुभयो ।

कहिले द्वन्द्व त कहिले राजनीतिक अस्थिरताजस्ता कारणले गर्दा नेपाल आर्थिक विकासमा पछि परिरहेको उल्लेख गर्दै उहाँले नयाँ संविधानको निर्माणपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेकाले नेपालको विकास प्रयासमा सघाउन विश्व समुदायलाई आग्रह गर्नुभयो ।

मन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक र अन्य विविध क्षेत्रमा सहयोग पु¥याउँदै आएको विश्व समुदायलाई धन्यवाद दिदैं नेपाल यतिखेर आर्थिक विकास र रुपान्तरणको चरणमा रहेकाले सबैको सहयोग र सद्भावको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा र परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मी पनि सहभागी हुनुहुन्थ्यो ।

परराष्ट्रमन्त्री डा महत शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि गत शनिबार बेल्जियम जानुभएको हो

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907