धक्का नम्बर चार : ट्रंपका सुरक्षा सल्लाहकार माइकल फ्लिन राजिनामा गर्न बाध्य

फेब्रुअरी १३, वाशिंगटन डिसी। ३ हप्ता अघि मात्र सपथ लिएका रास्ट्रपति डोनाल्ड ट्रंपका सुरक्षा सल्लाहकार माइकल फ्लिनले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनि र रसियाका राजदुत संगको टेलिफोन बार्ताको बारेमा प्रश्न उठे पछि विवाद शुरु भएको थियो। विवाद आए पछि पनि उनले बास्तविकता लुकाएर रास्ट्रपति र उपरास्ट्रपतिलाइ समेत झुठो विवरण पेश गरेका थिए। यसबारेमा केहि दिन अघि मात्र कानुन मन्त्रालयले ट्रंप प्रशाशनलाइ फ्लिनको रसियन राजदुत संगको कुराकानीको कारण रसियाले ब्ल्याकमेलिङ्ग गर्न सक्ने चेतावनी दिएको थियो। फ्लिनले रसियन राजदुतसंग ट्रंप रास्ट्रपति भए पछि रसिया माथिको नाकाबन्दी हटाउन सकिने आसय व्यक्त गरेका थिए।

ट्रंप रास्ट्रपतिमा निर्बाचित भएको केहि महिना भए पनि रास्ट्रपति भने बाराक ओबामा नै थिए। रसियन सरकार अमेरिकी रास्ट्रपतिको चुनावमा हस्तक्षेपमा प्रत्यक्ष संलग्न भएको प्रमाण पाए पछि ओबामाले रसिया माथि थप नाकाबन्दीको घोषणा गर्दै दर्जनौ रसियन कर्मचारीहरुलाई अमेरिकाबाट निस्काशन गरेका थिए। फ्लिनले रास्ट्रपति डोनाल्ड ट्रंपको लामो समय सम्म सल्लाहकार रहेर काम गरेका थिए। तर रास्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा आधुनिक इतिहासमा सबभन्दा कम समय सुरक्षा सल्लाहकारको रुपमा बिदाइ हुने पनि उनी नै भएका छन्।

1

ट्रंपले मन्त्रीमंडलमा प्रस्तावित गरेका सबै जसो व्यक्तिहरु बिबादास्पद छन्। फलस्वरूप उनीहरुको सुनुवाई प्रक्रिया लम्बिएको थियो र ट्रंपको मन्त्रीमंडलले पूर्णता पाउन लामो समय लागेको थियो। अर्कोतिर ट्रंपले जारी गरेको कार्यकारी आदेश पनि अदालतले बदर गरिदिएको थियो। उनले ७ वटा मुस्लिम बाहुल्य भएका देशबाट कोहि पनि व्यक्तिलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए। तर वाशिंगटनको संघिय अदालतले ट्रंपको उक्त आदेशलाई बदर गरिदिएको थियो। उक्त आदेश पछि ट्रंप प्रशासन पुनराबेदन अदालत पुगेर कार्यकारी आदेश कानुनि भएको जिकिर गर्दै वाशिंगटनको अदालतको निर्णय बदर गर्न मुद्धा दर्ता गरेको थियो। तर उक्त अदालतले पनि ३-० ले ट्रंप प्रशासनको पुनराबेदन अस्विकार गरेको थियो। यसरि पटक पटक धक्का खाँदै आएको ट्रंप प्रशासन माइकल फ्लिनको बहिर्गमनले अर्को धक्का खान पुगेको छ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907