शिकागोमा आइटी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिकागो फेब्रुअरी १३ सिकागोल्यान्ड

नेपाली फ्रेन्ड्शिप सोसाइटीको आयोजनामा आज सन्स्थाको अफिस रहेको चर्च हलमा ३ छुट्टाछुट्टै विषयको अन्तर्कृया सम्पन्न भयो । सीप बिना अमेरिकामा राम्रो रोजगारी प्राप्त गर्न र सुबिधायुक्त जीवनयापन गर्न गाह्रो छ । डिभी परेर वा अन्य तरिकाबाट अमेरिका आएका नेपालीहरु धेरै जसो न्युनतम ज्यालामा काम गर्ने र बल्लबल्ल जीवन गुजारा गर्ने गरेका छन र थोरै जसोले मात्र धेरै मेहनतका कारण केही रकम जम्मा वा क्रेडिट रेकर्ड राम्रो बनाएकोहरु पनि रकम कसरी सदुपयोग गर्ने भन्ने राम्रो सल्लाह र सुझाब दिने सन्स्था वा भरर्पर्दो ब्यक्ति नपाएको कारण हतपत ब्यबसायमा हात हालेका छैनन । अन्य शहरको तुलनामा सिकागोमा ब्यबसाय मा लागेका नेपाली धेरै कम छन । दुखकस्ट्ले केही रकम जम्मा गरेका नेपालीहरुलाइ ब्यबसाय कसरी गर्ने कस्तो ब्यबसाय गर्ने भन्ने सम्बन्धी ब्यबहारिक ज्ञान दिलाउने गरि सिकागोमा रहेको नेपालीहरुको एक मात्र साझा सन्स्था सिकागोल्यान्ड नेपाली फ्रेन्डसीप सोसाइटीको आयोजनामा आज एक दिवशिय “” ब्यबसाय र रोजगारमा नेपालिहरुको पहुच ” बिसयक अन्तर्कृया सम्पन्न गर्यो ।

1

ब्यबसायमा पहुच सम्बन्धममा फेसिलेटरको रुपमा अमेरिकाको आइयोवा क्वार्ट्सिटी निवासी सफल ब्यबसायी द्वय देबि बास्तोला र पुरुसोत्तम बोहरा हुनुहुन्थ्यो ब्यबसायमा लागत रिस्क र सम्भावना बारे सहभागीहरुको जिज्ञासा्को जबाफ दिएका थिए । देबि बास्तोला अमेरिकाको यस्ता सफल र सहयोगी ब्यबसायी हुन उनी बस्ने सिटिमा जति नेपाली छन ती मध्य आधा भन्दा बढिलाइ ब्यबसायमा लगायका छन उनको कम्पनीमा काम गरेका धेरै जशो काममदारहरुलाइ ब्यबसायको मालिक बनाएका छन। दोश्रो सेसनमा सम्पन्न भएको आजको कार्यक्रम्मा अल्पसंख्यक आप्रबाशीहरुको लागि संघीय वा राज्य स्तरमा प्राप्त सुबिधा र रोजगारको बारेमा ग्लोबल इम्पावर्मेप्प्ट सेन्टर कि कार्यकारी निर्देसक नजमा बेगमले फेसिलेटर को भुमिका निर्बाह गरेकी थिइन । नेपाली समुदायलाइ यसबाट फाइदा लिनको लागि आफु स्वयम् जागरुक हुन अनुरोध समेत गरिन र आफ्नो संस्थाले यस बारेमा सहयोग गर्ने बचनबद्धता ब्यक्त गरिन ।

3

आजको अन्तिम शेसन आइटी क्षेत्रमा सिकागोबासी नेपालीहरुलाइ कसरी प्रबेश गराउने भन्ने बारेमा केन्द्रित रह्यो यूषऐ आइटी कर्पोरेसनका संचालक प्रितम कुसियैत र गोबिन्द भन्डारीले आइटि क्षेत्रमा हरेक बर्ष १ मिलियन रोजगारीको शिर्जना हुने र आफुहरुले दिइएको छोटो अबधिको ट्रेनिङ् ३देखि ४ महीनाको प्रशिक्षणमा जागिर खान सकिने बनाउदै यसबाट फाइदा लिन सकिने बताउनु भयो । दिउँसो १२ बजे देखि ४ बजे सम्म चलेको ३ वटा शेसनमा ९२ जना इच्छुक नेपालीहरुले सहभागिता जनाएका थिए सन्स्थाका सभापति टेकराज पौडेलको अध्यक्ष् ता र महासचिब कृष्ण बर्तौलाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एन आर एन का सभापति सुमन वस्ती सल्लाहकारहरु टेक केसि गोपाल कंडेल जितेन्द्र राना इस्वरी बगाले लाल काफ्ले लागयतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा सहभागी थानेस्वर पाठकले आजको कार्यक्रम समय उपयोगी रहेकोले आफुहरुलाइ अत्यन्त खुशी लागेको बताएका थिए ।

अहिले अमेरिकामा नेपालीहरु आइटीको जागिर गर्ने मात्र होइन जागीर लगाइदिने व्यापार समेत गर्नेहरुको पनि संख्या वृद्धि हुँदै गएको छ। भर्खरका जोशिला युबाहरु ब्यबसाय तर्फ आकर्षित हुँदा भोलिको दिनमा नेपालीहरुले पनि राम्रो तलबको जागिर पाउने अवस्था सिर्जना भएको छ। नेपालीहरुको यहि बढ्दै गरेको सुचिमा शिकागो निबासी प्रितम कुसियतको नाम पनि आउँछ। उनि युएसआइटि नामक बहुचर्चित आइटीको ब्यबसाय गर्ने कम्पनि संग आबद्ध भै काम गर्दैछन।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907