‘माध्यमिक शिक्षा परीक्षाः विद्यार्थीका लागि अतिरिक्त कक्षा फलदायी’

(राजु विश्वकर्मा)

लहान, २७ माघ । माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तयारीमा रहेकी अञ्जनीकुमारी ठाकुर अचेल बिहान ६ नबज्दै विद्यालय पुग्छिन् ।

केही दिनअघिसम्म बिहान घरायसी कामकाजमा आमाबुबालाई सघाउँदै आएकी ठाकुरलाई अचेल भने बिहान ६ नबज्दै विद्यालय पुग्न हतार हुन्छ । सप्तरीको भगवतपुरस्थित बुद्धिलाल मुनर माविमाकक्षा १० मा अध्ययनरत ठाकुर भन्छिन् – “यस वर्षको एसइइमा सहभागी हुने विद्यार्थीलाई लक्ष्य गरेर विद्यालयमा सञ्चालित अतिरिक्त(कोचिङ)कक्षामा पुग्न आफूलाई हतार हुन्छ ।”

“विद्यालयमा नियमित हुने कक्षाकै भरमा माध्यमिक शिक्षा परीक्षा दिने तयारी गरेकी थिएँ,” ठाकुर भन्छिन् – ‘‘तर विगत एक महिनादेखि विद्यालयमा सञ्चालन भइरहेको कोचिङलाई सुनौलो अवसरका रुपमा लिएर नियमित रुपमा कक्षा पुग्ने गरेकी छु ।” बिहानका समयमा घरको सबै काम छाडेर उनी कोचिङ पुग्ने गर्छिन् । आफूले नबुझेका कुरा शिक्षकसँग सोध्ने गर्दा परीक्षाको तयारी राम्रो हुँदै गएको उनको अनुभव छ ।

बिहानका समयमा सबेरै ओछ्यान छाड्न अप्ठ्यारो मान्दै आएका १६ वर्षीय भगवतीकुमार सरदार पनि अचेल बिहानको ६ नबज्दै विद्यालय पुग्छन् । दैनिक बिहान ६ः३० देखि ९ बजेसम्म सञ्चालन भइरहेको अतिक्ति कक्षाले माध्यमिक परीक्षाको तयारी गर्न महत्वपूर्ण अवसर मिलेको सरदार बताउँछन् । उनी भन्छन् – “कोचिङले एसइइको तयारीमा सहजता भएको छ, आफूलाई अत्यन्तै गाह्रो लागेको अङ्ग्रेजी, विज्ञान र गणित विषय कोचिङमा पढ्न पाएको छु । केही सजिलो भएको छ ।” आगामी परीक्षामा राम्रो अङ्क ल्याउन मद्दत पुग्ने उनको विश्वास छ ।

1

भगवतपुर विद्यालयका ठाकुर र सरदारलाई मात्र होइन, आगामी चैतमा हुने एसइइको तयारीमा रहेका सप्तरीको करिब एक दर्जन विद्यालयका विद्यार्थीलाई अचेल बिहान अतिक्ति कक्षा पुग्न हतारो हुन्छ । सांसद तेजुलाल चौधरीको संसदीय विकास कोषको सहयोगमा जिल्लाका १० विद्यालयमा एक महिनादेखि निःशुल्क कक्षा सञ्चालन हुँदै आएको छ ।

जिल्लाको क्षेत्र नं ५ अन्तर्गत पर्ने भगवतपुर, कल्याणपुर, कुशहा, पँसेरा, कचन्दाहा, रायपुर, दौलतपुर, शिसुवारी, रामपुर जमुवा र वनरझुल्लास्थित माविमा सञ्चालित निःशुल्क कक्षाबाट करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन् । गत पुसको पहिलो सातादेखि सुरु भएको कक्षामा सम्बन्धित विद्यालयकै विषयगत शिक्षकले अनिवार्य अङ्ग्रेजी, विज्ञान र गणित विषय पढाउँदै आएका छन् ।

विद्यार्थीलाई परीक्षाको तयारीमा सहयोग पुगोस् र परीक्षाको नतिजासमेत राम्रो आओस् भन्ने उद्देश्यका साथ जिल्लाका विभिन्न माविमा कक्षा सञ्चालन गरिएको सांसद चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “विभिन्न कारण परीक्षाको तयारी गर्न समस्या भयो भनेर केही विद्यालयका विद्यार्थीले गरेको आग्रहअनुसार संसदीय विकास कोषको रकमबाट कोचिङसञ्चालन गर्न सहयोग गरेँे ।”

यसअघिका परीक्षामा सप्तरी जिल्लाको नतिजा सन्तोषजनक नदेखिएकाले पनि यसमा सुधार ल्याउन अतिक्ति कक्षा सञ्चालनका लागि रकम जुटाइदिएको उहाँको भनाइ छ । यसरी परीक्षा दिने विद्यार्थीलाई लक्ष्य गरी सञ्चालित कक्षा प्रभावकारी भएपछि स्थानीय अभिभावकसमेत खुसी भएका छन् ।

कचन्दाहाका अभिभावक दानालाल चौधरी भन्नुहुन्छ – “कोचिङले विद्यार्थीको तयारीमा सजिलो भएको छ, यसअघि थोरै तयारी गरेका विद्यार्थीलाई यसबाट बढी फाइदा पुगेको छ ।” एक दुई महिनाका लागि भए पनि सो कक्षाले कमजोर विद्यार्थीलाई यथेष्ट फाइदा पुग्ने उहाँको विश्वास छ । रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907