पाल्पाका साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

रामपुर (पाल्पा), २७ माघ । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक सहायक चुरामणि मरासिनीले बताउनुभयो ।

जिल्लाका १८ वटा स्रोतकेन्द्रमध्ये गाडाँकोट, रिङ्गनेरह र झडेवा स्रोतकेन्द्रका सबै विद्यालयमा मात्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन भइसकेको उहाँले बताउनुभयो । तोकिएको समय नजिकै आउँदा विद्यालय व्यवस्थापन समिति गठन गर्न बाँकी रहेका विद्यालयमा अझै पनि राजनैतिक दलको चलखेलले समिति गठन प्रक्रिया अन्यौलमा परेको छ ।
1
जिल्ला शिक्षा कार्यालयले माघ मसान्तभित्र जिल्लाका सामुदायिक विद्यालयमा नयाँ संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न दिएपनि राजनैतिक दलका कारण विद्यालयमा समिति गठन हुन नसकेको हो । जिल्लामा चारसय ४६ सामुदायिक र ५० संस्थागत गरी चार ९६ विद्यालय संचालनमा छन् ।

तीनसय एक ज्येष्ठ नागरिकलाई परिचयपत्र

यसैबीच, पाल्पाका तीनसय एकजना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । महिला तथा बालबालिका कार्यालय पाल्पाले हालसम्म एकसय ४५ जना महिला र एकसय ५६ जना पुरुषलाई ज्येष्ठ नागरिकको परिचयपत्र वितरण गरेको कार्यालय प्रमुख तुलसा अर्यालले बताउनुभयो ।

कार्यालयले जिल्लाका ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई गत असोजदेखि परिचयपत्र वितरण कार्य सुरु गरेको हो । नेपाल सरकारले ६० वर्ष उमेर पुगेका महिला, एकल महिला, दलित व्यक्तिलाई मासिक रु एक हजार, ७० वर्ष उमेर पुगेका पुरुषलाई मासिक रु एक हजार प्रोत्साहनस्वरुप वृद्धभत्ता वितरण गर्दै आएको रामपुर नगरपालिकाका सामाजिक परिचालक गीता पौडेलले बताउनुभयो । रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907