ट्विटर मार्फत ट्रंपले आफ्नो छोरीको ब्यबसायको पक्षमा वकालत गरे
आज फेरी ट्रंपले ट्विट गरे । अनाबस्यक, झुठ र क्षणिक आबेगमा उनले बिगत लामो समय देखि ट्विटरको प्रयोग गर्दै आएका छन् । अमेरिकी रास्ट्रपति भए पछि पनि उनले आफ्नो ट्विटर एकाउन्टको दुरुपयोग जारी राखेका छन् । आज उनले आफ्नी छोरी इभाङ्काको ब्यबशाय प्रबर्धन गर्न र इभाङ्काको ब्यबशायमा धक्का दिने कम्पनीको बिरुद्ध ट्विट गरेर एउटा रास्ट्रपतिको रुपमा देशका हरेक नागरिक प्रतिको समान जिम्मेवारी निर्बाह गर्न असफल भएका छन् । खुद्रा कपडा बेच्ने अमेरिकाको एक डिपार्टमेन्टल स्टोर नर्ड्सट्रमले इभाङ्काको उत्पादन बेच्ने सम्झौता आगामी बर्षको लागि नविकरण नगर्ने घोषणा गरे पछि क्रोधित ट्रंपले आफ्नो पदिय मर्यादा भुल्दै यस्तो संदेश प्रवाहित गरेका हुन् । उनले ट्विटमा भनेका छन् ” मेरी छोरी इभाङ्कालाइ नर्ड्सट्रमले नराम्रो व्यवहार गरेको छ । उनी एक असल व्यक्ति हुन् जसले मलाई सहि काम गर्न दबाव दिन्छिन, धेरै नराम्रो” ।
ट्रंप एक ठुला जग्गा ब्यबसायी हुन् । उनी संग संसारभर धेरै सम्पत्ति छ । उनले बिभिन्न देशमा ब्यबशाय पनि गर्छन । उनको नैतिक धरातल कम्जोर भए पनि ब्यबसायिक धरातल दरिलो छ । सन् १९९५ देखि अमेरिकी सरकारलाई उनले कर तिरेका छैनन् । आन्तरिक राजस्व बिभागले उनको कम्पनिले गरेको करको फाइल रुजु गर्ने गरेको छ । रास्ट्रपति भए पछि उनको ब्यबसाय र सरकारी कामको बिचमा द्वन्द हुन सक्छ भन्ने धेरैले आंकलन गरेका थिए । तर उनले त्यसलाई पटक पटक अस्विकार गर्दै आफु अब रास्ट्रपति कै भूमिका निर्बाह गर्ने र ब्यबसाय संग कुनै सम्बन्ध नराख्ने स्पस्ट गरेका थिए । तर उनको गतिबिधि त्यो भन्दा फरक देखिएको छ ।
उनले ट्विट मार्फत यस अघि पनि आफ्नो स्वार्थ अनुसार कम्पनिहरु माथि आक्रमण गर्दै आएका छन् । लकहिड मार्टिन माथिको आक्रमण, एलएल बिन लाइ प्रशंशा गरेर उनले सानो कुरामा पनि क्रिया प्रतिक्रिया दिने मात्र होइन आफ्नो स्वार्थ अनुसार जे पनि गर्न सक्छन भन्ने प्रस्ट भएको छ । तर बाँकी ४ बर्षको लागि अमेरिकी जनताको लागि अर्को बिकल्प पनि छैन । हेरौं आगामी दिनमा ट्रंपले आफ्नो सरकारी दायित्व र व्यक्तिगत ब्यबसायलाइ कसरी अलग गर्छन ।