चार अर्ब रुपैयाँ डुबाएर ‘रेड कर्नर नोटिस’मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

काठमाडौं-क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ।

नेपाल प्रहरीको ‘रेड कर्नर नोटिस’ मा रहेका कार्कीलाई संघीय प्रहरी औपचारिक नभई अनौपचारिक रूपमा फिर्ता पठाउन सहमत भएको हो । राष्ट्रबैंकले कार्कीले करिब चार अर्ब रुपैयाँ रकम कम्पनी मातहत हिनामिना गरेको तथ्यसहित प्रतिवेदन तयार पारेर अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार अमेरिकाको खोजीमा रहेका केही व्यक्ति नेपालले दिने र नेपालले कार्कीलाई फिर्ता ल्याउने पहल अन्तिम चरणमा पुगेको छ । प्रहरीले यसअघि पनि अमेरिकाको संघीय प्रहरीसँग यस्तो ‘कारोबार’ गरिसकेकाले कार्की चाँडै नेपाल प्रहरीको हिरासतमा आउने स्रोतको दाबी छ ।

केही समयअघि काठमाडौंमा भएको इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा वित्तीय अपराधका विषयमा नेपालले कार्कीको विषय उठान गरेपछि नेपाल प्रहरी र अमेरिकी अधिकारीबीच अनौपचारिक रूपमा अपराधी साटासाटको ‘कारोबार’ ब्युँताउन सहमति भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको कम्पनीको ठगी प्रकरणमा संलग्न अधिकारी पक्राउ परे पनि घटनालगत्तै फरार रहेका कार्की अमेरिका पुगेका थिए । अनुसन्धानमा कार्की अमेरिकाको टेक्सासमा व्यवसाय सञ्चालन गरेर बसेको र उतैको नागरिकता लिएको खुलेको थियो ।

1

स्रोतका अनुसार प्रहरी र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीबीच यस विषयमा धेरैपटक छलफल र पत्राचार भएको छ । कार्कीको अपराध गम्भीर भएको निचोडसहित कसुरको विवरण दूतावासमा पुगिसकेको छ । ‘पहिलोपटक होइन, केही समय रोकिएको अनौपचारिक सहयोग कार्कीलाई फिर्ता ल्याएसँगै सुचारु हुनेछ,’ स्रोतले भन्यो । नेपाल प्रहरीले अमेरिकालाई दिने व्यक्तिका विषयमा भने विवरण खुलेको छैन ।

ब्युरोको अनुसन्धानमा कार्कीले सीता खाँडसरी चिनी मिल, गौरीशंकर इन्भेस्टमेन्ट कम्पनी, विजेश्वरी आवास विकास कम्पनी, सुशोभन डेभलपर्स, उद्यम मल्टी इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, बूढा महांकाल खाद्य प्रोडक्ट, संयोग हाउजिङ एन्ड डेभलपर्स र मदनबहादुर खड्का, बलदेव खड्का र श्रीराम खत्रीलगायतलाई मिलेमतोमा ऋण प्रवाह गरेको खुलेको थियो ।

ब्युरोले सीता खाँडसरी चिनी मिलको परियोजनाका लागि कमसल जग्गा धितो राखी रकम निकाल्ने किरणकेशर नेपाललाई सोमबार पक्रेको छ । नेपालले परियोजनाका लागि काठमाडौं मन्डिखाटारस्थित आठ रोपनी जग्गाको अत्यधिक धितो मूल्यांकन गराई कागजी परियोजनाका लागि नौ करोड ऋण लिएका थिए।

ब्युरोका अनुसार पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ मा तीन वर्ष कैद र करिब साढे नौ करोड रुपैयाँ जरिबाना फैसला गरेयता नेपाल फरार थिए । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन आदेशले नेपाललाई कैद भुक्तानका लागि केन्द्रीय कारागार चलान गरिएको छ । फाइनान्स प्रकरणमा प्रतिवादी बनाइएका सात सय ४४ मध्ये नेपाल एक हुन् ।

ब्युरोे टोलीले कम्पनीलाई ठगी गर्ने अरुणकुमार मराठा (६ वर्ष कैद र १३ करोड ३० लाख जरिबाना) लाई २०७२ जेठ १४ मा पक्रेको थियो । यस्तै नवराज खत्री (तीन वर्ष कैद, ६ करोड ५० लाख जरिबाना) लाई सोही वर्ष जेठ १८ मा, तुलसाकुमारी धमला (तीन वर्र्ष कैद र दुई करोड २० लाख जरिबाना) लाई सोही वर्ष साउन १७ मा र भाइकृष्ण खड्का (तीन वर्ष कैद र तीन करोड ५० लाख जरिबाना) लाई सोही वर्ष भदौ २ मा पक्राउ गरी अदालतमा पेस गरेको थियो ।(साभार: नागरिक्न्युज अनलाइन )

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907