प्रणय दिवस : ऐतिहासिक तथ्य देखि हुटर्सको रमाइलो अफरसम्म

आज भ्यालेन्टाइन अर्थात् प्रणय दिवस । माया साटासाट गर्ने पर्वको रुपमा क्रिस्चियन र रोमनहरुले यो दिन मनाउने गर्छन । तर अहिले यो दिन त्यतिमा मात्र सिमित छैन । संसारभर यो दिनलाई आफ्नो माया प्रकट गर्ने दिनको रुपमा मनाउने गरिन्छ । पहिलो पल्ट प्रस्ताव गर्न होस् वा असमझदारीका कारण धरापमा परेको सम्बन्धलाइ पुनर्जीवित गर्न होस्, भ्यालेन्टाइन डे रोज्ने गरिन्छ । हाम्रो देश नेपाल र हाम्रो नेपाली समुदायमा पनि यो केहि समय देखि चलनमा छ । हाम्रा र राम्रा कुरामा टेडा आँखा लाउने सिँगाने युवा देखि उमेर खाएका बुढाहरु समेत तीन बित्ता उफ्रेर भ्यालेन्टाइन डे मनाउँछन् । प्रेमी प्रेमिकाहरु आफ्नो मनको कुरा ब्यक्त गर्दै पोस्ट कार्ड, पत्र, फुल र उपहार दिएर आफ्नो प्रेमी वा प्रेमी संग आफ्नो भावना साटासाट गर्छन । यो प्रचलन अहिले प्रेमी प्रेमिका बाट फैलिएर श्रीमान श्रीमती र अन्यमा पनि पुगेको छ ।

3

यहि प्रणय दिवसको अवसरमा अमेरिकाको चर्चित रेस्टुरेन्ट हुटर्सले एउटा रमाइलो योजना पनि अघि सारेको छ । एकल जीवन व्यतित गरिरहेका जो कोहिले पनि फाइदा उठाउन सक्ने यो रमाइलो योजना फेब्रुअरी १४ को लागि मात्र लागु हुनेछ । यसको लागि एकल व्यक्ति हुटर्समा गएर १० वटा हड्डिरहित कुखुराको पखेटा (बोनलेस विङ्ग्स) किन्नु पर्नेछ । त्यसपछि आफ्नो पुर्ब प्रेमी वा प्रेमिकाको फोटोलाइ च्यात्ने, डढाउने वा पुर्ने मध्य एउटा काम गरे पछि अर्को १० वटा हड्डिरहित पखेटा प्राप्त गर्न सकिनेछ । यो काम रेस्टुरेन्टमा गएर मात्र होइन अनलाइनबाट पनि गर्न सकिनेछ । त्यसको लागि अनलाइनमै फोटो च्यातेपछि कुपन प्रिन्ट गरेर लैजानु पर्नेछ । फ्रीको मासु ल्याएर बेलुका घरमा एक्लै बसेर मज्जा लिन सकिने छ । यसबाट धोका पाएका हरुको मन पनि हलुको हुने र सित्तैमा खान पनि पाइने अवसर पनि प्राप्त हुनेछ । यो रमाइलो अफरको फाइदा को कसले लिने हुन् हेर्न भने त्यहि दिन नै कुर्नु पर्नेछ ।

भ्यालेन्टाइन डेको शुरुवातको बिषयमा भिन्न भिन्न भनाइहरु र किम्बदन्तीहरु पाइन्छ । सबै क्याथोलिक चर्चहरूले ३ वटा भ्यालेन्टाइन नाम गरेका पादरीहरुको उल्लेख गरेका छन् । ३ वटा भिन्न पादरिहरुका भिन्दाभिन्दै कथाहरु छन् । एउटा कथा अनुसार तेश्रो शताब्दि तिर रोमको एउटा चर्चमा भ्यालेन्टाइन नाम गरेका पादरी थिए । तत्कालिन सम्राट क्लाउडियसले श्रीमती भएका र परिवारसहितका सिपाहीहरु भन्दा एकल सिपाहीहरु बढी प्रभावकारी हुन्छन भन्ने ठाने, उनले युबाहरुलाई बिबाह गर्न प्रतिबन्ध लगाए । तर पुजारी भ्यालेन्टाइनले सम्राटको उक्त प्रतिबन्ध न्यायसंगत छैन भनेर त्यसलाई अबज्ञा गर्दै चर्चमा बिहे गर्ने काम जारी राखे । रिसाएका सम्राट क्लाउडियसले भ्यालेन्टाइनलाइ मार्न आदेश दिए ।

4

अर्को किंबदन्ती अनुसार रोमन जेलमा क्रिस्चियनहरुलाई धेरै यातना दिइन्थ्यो । तिनै जेलहरुबाट क्रिस्चियन कैदीहरु भगाउने कोशिश गर्दा भ्यालेन्टाइन मारिएका थिए । अर्को किंबदन्ती अनुसार भ्यालेन्टाइन आफै एक कैदी थिए र जेलरको मृत्यु हुँदा अन्तिम संस्कारमा उनकी छोरीलाई देखे पछि उनि मोहित बने र पछि उनले चिट्ठी लेखेर “तिम्रो भ्यालेन्टाइनको तर्फबाट” भनेर हस्ताक्षर गरी पठाए जुन अभिव्यक्ति अहिले पनि आफ्नो प्रेमी वा प्रेमिकालाई सम्बोधन गर्न प्रयोग गरिन्छ । तर जुनसुकै किंबदन्ती सत्य भए पनि पादरी भ्यालेन्टाइन एक प्रेमी, रोमान्टिक र कोमल हृदयका थिए । पछि उनको नाम संसारभर चर्चित बन्यो । जे होस् उनको नाममा थुप्रै आरोह र अबरोह पछि पाँचौं शताब्दीमा पोप जेलासियसले फेब्रुअरी १४ लाइ सन्त भ्यालेन्टाइन डे को रुपमा मनाउने घोषणा गरे ।

बिस्तारै त्यो दिन माया र सद्भाव बाँड्ने अबसरको रुपमा लिन थालियो । अहिले सम्म पनि यो दिन मायाको भावना अभिव्यक्त गर्ने दिनको रुपमा संसारभर बिशेष गरी अमेरिका, क्यानाडा, मेक्सिको, बेलायत, फ्रान्स र अस्ट्रेलियामा भव्य रुपमा मनाउने गरिन्छ । सोहि मेसोमा नेपालमा समेत यो फैलिँदो छ । माया प्रकट गर्ने दिन भएकोले यसको बिरोध गरिहाल्नु पर्ने कारण त देखिन्न तर माया प्रकट गर्ने नाममा हुने छाडा गतिबिधि भने हाम्रो संस्कार, चरित्र र धर्मको बिरुद्ध हुन् । यसलाई छाडा नबनाई अनुसासन पुर्बक मनाउन सकियो भने मात्र यसलाई सहि अर्थमा प्रेम दिवस मान्न सकिन्छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907