नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक

पर्सा, २१ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो ।

गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले विवाह भएको पाँच वर्ष बित्दासमेत आप्नो सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा लालसा देवीले चोरी गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

1

पक्राउ परेकी महिला लालसादेवीलाई कानुनबमोजिम कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिइएको बताउँदै उपाध्यायले अस्पतालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन चौबिसै घण्टा सादा पोसाकमा प्रहरी खटाउन पनि स्थानीय प्रहरी प्रशासनलाई आदेशसमेत दिएको सञ्चारकर्मीलाई बताउनुभयो ।

घटनाको ४८ घण्टा नबित्दै बच्चाको सकुशल उद्धार र दोषी महिलालाई कानुनको दायरामा ल्याउन सफल भएका पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलगायतका सुरक्षा अधिकारीलाई उपाध्यायले बधाई दिँदै उहाँले समाजमा भएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेपनि अपराध न्यूनीकरणका लागि समाजको सहयोग आवश्यक रहेको आवधारणा व्यक्त गर्नुभयो ।

आज दिउँसो करिब २ बजेको समयमा प्रहरीले उद्धार गरेको नवजात शिशुलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उद्धार गरिएको बच्चाको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेट चित्तरञ्जन साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907