अंग्रेजीका केहि शब्दहरुको उच्चारण र अर्थ सिक्ने कि ?

हामीलाई बिदेशमा भाषाले सताउने गर्छ । कतिपय देशमा अंग्रेजी भाषाको समेत प्रयोग हुँदैन । तर जहाँ अंग्रेजीको प्रयोग हुन्छ, त्यसमा पनि हामी अलि कम्जोर हुन्छौं । अलि अलि जानेको अंग्रेजी पनि हामीलाई बोल्न अलि असजिलो महशुस गर्ने गर्छौं । पढेको कुरा पनि ब्यबहारमा प्रयोग गर्न गाह्रो मान्छौं । हामीलाई अप्ठेरो लाग्छ कि आफुले भनेको कुरा नबुझेर मान्छे हाँस्ने पो हुन् कि । हामीले सकेसम्म शुद्द बोल्न खोज्छौं । ब्याकरण समेत मिलाएर बोल्ने पर्यत्न गर्छौं । हामी कहिले काहीं भुल्छौँ कि भाषा गणित होइन । यहाँ ब्याकरण मिल्नु भन्दा पनि आफुले भन्न खोजेको कुरा जसलाई भन्न खोजिएको हो, उसले बुझ्यो कि बुझेन भन्ने कुरा महत्वपूर्ण हो । शुद्द ब्याकरण मिलाएर बोले पनि आफ्नो कुरा अरुले बुझेन भने त्यो काम लागेन । लटरपटर पारेर, हात हल्लाएर, आँखा जिम्काएर वा अन्य कुनै तरिकाले आफ्नो कुरा बुझाउन सकियो भने त्यो नै भाषा हो । त्यो भन्दा बढी जाने राम्रो तर नजाने पनि त्यति काफी छ ।

हाम्रो अर्को समस्या जिव्रो को हो । हाम्रो जिव्रोले कतिपय शब्दलाइ उच्चारण गर्न सक्दैन । भनौं हामीलाई त्यसरी शब्द उच्चारण गर्न सिकाइएको छैन । स र श को उच्चारण हामी एकै प्रकारले गर्छौं । अंग्रेजीको “जी” र जेड लाई मात्र होइन “जे” पनि हामीले भन्दा उस्तै गरी भन्छौं । मलाई यी कुराले धेरै समस्यामा पार्छ । अमेरिका बसेको १३ बर्ष पुरा हुन लाग्दा पनि मेरो यी कुरामा सुधार हुन सकेको छैन । अरु अंग्रेजी मेरो ठिकै छ तर कहिले काहीं यस्ता शब्दहरुले मलाई समस्यामा पार्ने गर्छन । बोलेको नबुझ्ने मात्र होइन अर्कै अर्थ लाग्ने हुनाले अनाबस्यक झन्झटमा पनि पार्छन यस्ता कुराहरुले ।

सानो हुँदा डिक्सनरी हेरी हेरी अर्थ खोजिन्थ्यो । त्यति बेलै धेरै कुरा सिकियो पनि । सरको डरले पनि शब्द घोकेर कण्ठ पारिन्थ्यो । अहिले तिनै शब्द काम लागेका छन् । अंग्रेजीमा दैनिक हजारौं नयाँ नयाँ शब्द आउने गर्छन । तर हामी त्यो संग अध्यावधिक हुन सक्दैनौं वा खोज्दैनौ । यत्रतत्र सुनिने शब्द अर्थ नजानी सुनेरै लामो समय सम्म पचाउँछौं । शब्दको अर्थ खोज्न टाढा जानु नपर्ने र घरमै गुगलले त्यो सुबिधा दिएको अबस्थामा पनि हामी खोजेर जानकारी लिन अल्छी गर्छौं । त्यहि अल्छिपनलाइ सहयोग गर्न म अबदेखि चलनचल्तीका, अप्ठेरा शब्दहरुको अर्थ र त्यसलाई प्रयोग गर्ने तरिकाबारे तपाईंहरुलाई जानकारी दिन प्रयाश गर्नेछु । अंग्रेजीमा म पनि त्यति जान्ने भएर त होइन तर खोजखाज पारेर तपाईंहरुको लागि केहि सहयोगी हुन सक्छ भनेर यो पर्यत्न गरेको छु ।

1

Unprecedented ( अनप्रेसिडेण्टेड )

आजकल बजारमा unprecedented भन्ने शब्द निकै चलेको छ । डोनाल्ड ट्रंप रास्ट्रपति बने पछि त यो शब्द मेडियामा धेरै सुनिन थालेको छ । “अनप्रेसिडेण्टेड” यसको उच्चारण हो । यसको अर्थ चाहिं “पहिले कहिल्यै नगरेको र नजानेको” हो अर्थात् नौलो वा अनौठो  । यसको अंग्रेजीमा समान अर्थ दिनेहरु unique, extraordinary , novel हुन् । यसलाई वाक्यमा प्रयोग गरेर हेरौं : Donald Trump’s unprecedented action to appoint Besty DeVos to run Education Department, surprised both Republicans and Democrats.

Chaos ( केअस)

पढ्दा चाओस जस्तो लागे पनि यसको उच्चारण केअस हुन्छ । यसको नेपालीमा पुरै भद्रगोल, धेरै बिग्रेको भन्ने बुझिन्छ । कुनै कुरा नियन्त्रण भन्दा बाहिर छ भने यो शब्द प्रयोग गर्ने गरिन्छ । यसका उही अर्थ दिने शब्दहरु Disorder, Disarray, confusion, havoc, turmoil आदि हुन् भने यसको विपरीतार्थक शब्दहरु Order, Peace, Calm, Quiet, Normality etc. हुन् । अब यसलाई वाक्यमा प्रयोग गरेर हेरौं : When the weather got worse, all the flights were cancelled and the airport was a chaos.

ल आजलाई यत्ति नै, बाँकी अर्को अंकमा ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907