अमेरिकी मूल्य र मान्यताहरु धरापमा परे : ओबामा

डोनाल्ड ट्रंपले रास्ट्रपतिको सपथ लिएको दुइ हप्ता बित्न नपाउंदै देश मुठभेड तर्फ जाने संकेत देखिएको छ । अमेरिकाभर प्रदर्शन शुरु भएका छन् भने पक्ष र बिपक्षमा तिब्र रुपमा ध्रुविकरण शुरु भएको छ । निबर्तमान रास्ट्रपति बाराक ओबामाले अमेरिकी मूल्य र मान्यताहरु धरापमा रहेको भन्दै धारणा सार्बजनिक गरेपछि ट्रंपको ७ वटा देशबाट अस्थायी रुपमा आबासिय र गैर आबासिय भिसा बन्द गर्ने ट्रंपको आदेश राजनीतिक रुपमा अप्ठेरोमा परेको छ । अदालतले यस अघि नै उनको आदेश बिरुद्ध आदेश जारी गरिसकेको छ । संचार उद्योग, मनोरंजन उद्योग, मुस्लिम समुदाय, हिस्प्यानिक समुदाय, डेमोक्र्याट र अधिकांश रिपब्लिकनहरु समेत ट्रंपको यो शैलीको बिरोधमा उत्रेका छन् ।

अर्को तिर ट्रंपको समर्थन गर्ने जमात पनि छ । उनीहरुले ट्रंपले आफु चुनावी अभियानमा बोलेका कुराहरु पुरा गर्न चालेका कदमहरु बिरुद्ध जानु ट्रंपको बिजयलाइ अस्विकार गर्नु हो भन्ने तर्क गरेका छन् । बिगत दुइ हप्ता देखि ट्रंपले हस्ताक्षर गरेका सबै आदेशहरु चुनावी अभियानको क्रममा अत्यन्त लोकप्रिय भएका नाराहरुलाइ सम्बोधन गर्ने उद्देश्यले ल्याइएको छ । उनलाई केहि समय काम गर्न दिएर उनले चालेका कदमहरुले कसरि काम गर्छन भन्ने परिक्षा गर्नुपर्ने उनीहरुको तर्क देखिन्छ । चुनावमा लगाइने नारा जितेपछि पुरा गर्न काम गर्न नपाइने हो भने मुद्धाको आधारमा चुनाव किन लड्नु पर्यो भन्ने उनीहरुको प्रश्न देखिन्छ । सरसर्ती हेर्दा उनीहरुको तर्क ठिकै देखिन्छ । चुनावमा बाचा गरिएका कुराहरु पुरा गर्न पाउनु निर्बाचित व्यक्तिको कर्तब्य मात्र होइन अधिकार पनि हो । तर ती बाचाहरु संबिधान सम्मत छन् वा छैनन्, मूल्य र मान्यताको बिरुद्ध छन् वा छैनन् हेर्ने काम पनि निर्बाचित व्यक्तिकै हुन जान्छ ।

1

ट्रंपले जारी गरेका आदेश बिना तयारी र हचुवाका भरमा गरिएका छन् । अमेरिकी सरकारले भिसा इस्यु गरिसके पछि उक्त व्यक्तिलाई बिमानस्थलमा गिरफ्तार गर्नु अन्तररास्ट्रिय कानुनको पनि बिपरित हुन जान्छ । त्यस बाहेक अमेरिकी मूल्य र मान्यताको पनि ट्रंपको यो कदम बिपरित देखिन्छ । केहि समयको लागि त यसले संकीर्ण मानसिकतामा शान्ति मिल्ला तर अन्तत्वगत्वा यसले सम्पूर्ण आप्रबासी र अमेरिकी जनतालाई नराम्रो असर पर्ने देखिन्छ । अमेरिका बिरोधि जमात बिस्वमा धेरै छ । देशको नाम र धर्मको नाम किटेर प्रतिबन्ध लगाउने संस्कार अमेरिका जस्तो प्रजातन्त्र, स्वतन्त्रता र मानवाधिकारको प्रबक्ता मानिने अमेरिकाले विकास गर्ने हो भने अरु अतिबादी सोंच भएका मुलुकहरुले के सम्म गर्लान । देशै किटेर र भिसा बोकेर बिदेसिएको एउटा अमेरिकीलाइ अमेरिकन भएकै आधारमा बिमानस्थलमा समातेर केरकार र पक्राउ गर्दा अमेरिकाको सरकारले केहि प्रतिक्रिया दिने नैतिक अधिकार प्राप्त गर्ला ? के त्यो मानबिय सिद्धान्त अनुरुप होला ? प्रश्न गम्भीर रुपमा खडा भएको छ । २ हप्ता नबित्दै पूर्व रास्ट्रपतिले मुख खोल्नु पर्ने परिस्थिति आउनु पक्कै राम्रो संकेत होइन ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907